Nishchal PS Nishchal PS | Nishchal PS
Ghazal Literature Music Nepali Ghazal Songs
मेरा गजलहरु
June 9, 2019
0
, , , , , , , , ,

अहिले सम्म सार्वजनिक भएका मेरा गजलहरु

१: टुट्नु नाता टुटेपछि, सम्झनामा नआऊ- स्वरूपराज आचार्य

२:म रुदिन भन्छु- निर रानाभाट 

३: हिजो आज किन कुन्नि छले जस्तो लाग्न थाल्यो – सुनिता थेगिम

४:  कहाँ कहाँ खोजें तिमीलाई, नखोजेको शहर छैन- अन्जु पन्त

 

Ghazal Music Nepali Ghazal Songs
पद्मिनीको नाता टुटे पछि…
June 7, 2019
0
, , , ,

अडियो गजल अल्बम,’पद्मिनी‘ को अर्को गजल, ‘टुट्नु नाता टुटे पछि, सम्झनामा नआऊ तिमी‘  को लिरिकल गजल, आज गजलकार निश्चल पिएसको निजि च्यानल पद्मिनी इन्टटेइमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएको गजलमा नेपालका चर्चित  संगीतकार महेश खड्काले संगीत गरेका छन् भने, मेलोडी किङ स्वरूपराज आचार्यले स्वर दिएका छन्।

यसभन्दा अगाडी पनि सोहि च्यानल मार्फत दुई लिरिकल भिडियोहरु- निरा रानाभाट तथा सुनिता थेगिमका आवाजका गजलहरु सार्वजनिक भई सकेका छन् भने एउटा गजल, हरि लम्सालको संगीतमा मेलोडी क्वीन अन्जु पन्तको आवाज रहेको, कहाँ कहाँ खोजें तिमीलाई को म्युजिक भिडियो निकेश खड्काको निर्देशनमा बनी सकेको छ।उक्त म्युजिक भिडियोमा चर्चित मोडेल, नायीका रीमा विश्वकर्माजीवन भट्टराईको अभिनय रहेको छ।

तलको लिङ्कमा गजल. ‘टुट्नु नाता टुटे पछि, सम्झनामा नआऊ तिमी’ सुन्न सक्नु हुनेछ।

 

 

 

 

 

 

 

 

 

 

Career Job Interview
Common Interview Questions.
May 17, 2019
0

The most common interview questions.

As you prepare for your interview, you may be considering which questions the employer is going to ask you. While there’s no way to know for sure what topics will be covered, there are several popular interview questions you can expect to be asked. The following 18 questions are considered the most common interview questions.

  1. Tell me about yourself.
  2. How would you describe yourself?
  3. What makes you unique?
  4. Why do you want to work here?
  5. What interests you about this role?
  6. What motivates you?
  7. What are you passionate about?
  8. Why are you leaving your current job?
  9. What are your greatest strengths?
  10. What are your greatest weaknesses?
  11. What are your goals for the future?
  12. Where do you see yourself in five years?
  13. Can you tell me about a difficult work situation and how you overcame it?
  14. What is your salary range expectation?
  15. Why should we hire you?
  16. Do you have any questions?
  17. What did you like most about your last position?
  18. What did you like least about your last position?

 

Career Jobs in Dubai Jobs in UAE
Over Time
May 15, 2019
0
, , , , , ,

How to Calculate Over Time Salary

Over time calculation is not only an essential part for payroll personnel but also employee has to know how over time is calculated.

I’d explain the formulas to calculate the overtime salary payable and formulas. Overtime (OT) Pay Calculation is based on main three factors:

  1. Basic Salary of Employee
  2. Number of Over Time Hours
  3. OT Formula Type (Normal / Fridays / Other Public Holidays)

Calculations for One Hour Over Time Rate:

One hour Over Time rate is calculated based on a major parameter: Per day work hours. As per current rule, 8 hours & 9 hrs for hospitality, retails sectors are working hours for most of the businesses. There are two main ways to calculate one hour over time rate-by Month or by Year.

  1. One Hour OT Rate = Salary / 30 / 8 or 9 based on workings hours stipulated.
    Description: Monthly Basic Salary, divided by 30 days, divided by 8/9 hours.
  2. One Hour OT Rate = ((Salary x 12) / 365) / 8
    Description: Monthly Basic Salary multiplied by 12 months, divided by 365 days a year, divided by 8 hours.

Method 2 is absolutely perfect however Method 1 is popular and in use widely.

Over time payment compensation is different for Normal days as compare to working on Fridays or other public holidays.

  1. 1: Calculations for Normal Days Over Time Payment:
    OT Payment = (One Hour OT Rate * 1.25) * Total OT Hours.
    Example: [((Salary * 12) / 365) / 8) * 1.25] * OT Hours.
  2. Calculations for Fridays Over Time Payment:
    OT Payment = (One Hour OT Rate * 1.5) * Total OT Hours.
    Example: [((Salary * 12) / 365) / 8) * 1.5] * OT Hours.
  3. Calculations for Public Holidays Over Time Payment:
    OT Payment = (One Hour OT Rate * 2.5) * Total OT Hours.
    Example: [((Salary * 12) / 365) / 8) * 2.5] * OT Hours.

 

Political Statement
सरकारप्रति जनतामा निराश
May 3, 2019
0

दुई तिहाईको सरकार बनियो, अब देशमा दिगो सरकार बनी, राजनीतिक अस्थिरताको अन्त्य हुन्छ अनि मुलुकमा शान्ति कायम हुन्छ भन्ने ठुलो अपेक्षा थियो केपी ओली नेतृत्वको सरकार बनिए पछि।

अझ ठुलो आशा जागेको थियो बाम एकता- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व राजनीतिक पार्टी र केपी ओली नेतृत्व पार्टी विधिवत एकता पश्चात त।

सरकार बनिएको यतिका समयसम्म सरकारले दुई तिहाईको दम्भ लिएर राजनीतिक सहमतिमा नभई पेलेर जाने नीतिको अवलम्बन गरिनु दु:खद पक्ष छ। यसै गरि सरकार जनतालाई सपना र आश्वासन देखाउन सफल भएको छ भने सम्झन योग्य कुनै सराहनीय कार्य गरे जस्तो लाग्दैन। बरु अदालतले थुनुवा पुर्जी जारी गरेका भगौडाहरुलाई काखी च्याप्ने र पहिचानको निम्ति लड्ने पहिचानवादीहरुलाई नामेट पार्ने सरकारको प्रयाश सम्बन्धित समुदाय र पिडितहरुले बिर्सने छैनन्।

देशमा शान्ति, सुरक्षाकायम गर्ने सरकारको प्रमुख दायित्व हो।तर बलात्कार, हत्या भ्रष्टचार दिनानुदिन मौलाउदै गएको छ। महिनौ हुदा सम्म हत्यारा र बलाकारी पत्तो लगाउन सरकारअसक्षम सावित हुदै गएकोमा दुई तिहाईको सरकारप्रति जनतामा निराश छाउने स्थिति आएको छ।

 

Entertainment Ghazal Music Nepali Ghazal Songs Uncategorized
विश्वासको धरहरा ढले जस्तो
May 3, 2019
0

‘पद्मिनी’, अडियो गजल अल्बमका गजलहरु मध्ये, स्वरकी धनी गायीका सुनिता थेगिमको आवाज तथा प्रसिद्द संगीतकार तथा गायक ताराप्रकाश लिम्बूको संगीत रहेको एउटा गजलको लिरिकल भिडियो मैले आफ्नै YouTube Chanel PADMEENEE ENTERTAINMENT (पद्मिनी इन्टटेइमेन्ट) संचालनमा ल्याई, परिक्षणको लागि उक्त गजलको Lyrical Video बनाई केहि महिना अघि राखिएको थियो। लिरिकल भिडियो अपेक्षा गरिए भन्दा राम्रो भ्यूज पाएँ, सम्पूर्ण साथीहरुप्रति आभार प्रकट गर्दछु। निकट भविष्यमा यस गजलको भिजुअल पनि गरिनेछ।

पद्मिनी, नेपाली अडियो गजल अल्बमका अन्य गजलहरुको म्युजिक भिडियो पनि निकट भविष्यमा बनिने जानकारी गराउदछु।

हेर्न छुट्नु भएका संगीतप्रेमीहरुले तल दिइएको लिंकमा हेर्न सक्नु हुनेछ। हिजोआज किन कुन्नि छले जस्तो लाग्यो को Lyrical Video -सुनिता थेगिमको आवाज तथा ताराप्रकाश लिम्बूको संगीत।

Ghazal Music Nepali Ghazal News
अपेक्षा गरिए भन्दा राम्रो भ्यूजहुदै
December 2, 2018
0
, , ,

गत नोभेम्बर ५, २०१८ मा राजधानीको अर्याल इन्टनेश्नल होटेलमा विमोचित, ‘पद्मिनी’, मेरो प्रथम अडियो गजल अल्बमका गजलहरु मध्ये, मन र स्वरकी धनी गायीका निरा रानाभाटको आवाज तथा प्रसिद्द संगीतकार गैरे सुरेशको संगीत रहेको एउटा गजलको लिरिकल भिडियो आफ्नै YouTube Chanel  PADMEENEE ENTERTAINMENT (पद्मिनी इन्टटेइमेन्ट) संचालनमा ल्याई, परिक्षणकोलागि उक्त गजलको Lyrical Video बनाई राखिएकोमा दुइदिनमा अपेक्षा गरिए भन्दा राम्रो भ्यूज पाएँ, सम्पूर्ण साथीहरुप्रति आभार प्रकट गर्दछु। निकट भविष्यमा यस गजलको भिजुअल पनि गरिनेछ।

पद्मिनी, नेपाली अडियो गजल अल्बमका अन्य गजलहरुको म्युजिक भिडियो पनि निकट भविष्यमा बनिने जानकारी गराउदछु।

हेर्न छुट्नु भएका संगीतप्रेमीहरुले तल दिइएको लिंकमा हेर्न सक्नु हुनेछ। म रुँदिन भन्छु को Lyrical Video -निरा रानाभाटको आवाज तथा गैरे सुरेशको संगीत: 




Entertainment Ghazal Literature Music News Songs
Kahan Kahan Khojen Timilai
November 7, 2018
0
, , , ,

निश्चल, पिएसकी गजलसङ्ग्रह ‘पद्मिनी’ राजधानीमा एक कार्यक्रमको विच सार्वजनिक।

मिति २०७५ कार्तिक १९ गते निश्चल, पिएसकी ‘पद्मिनी’ अडियो गजलसङ्ग्रह उक्त सङ्ग्रहभित्रको, हरि लम्सालको संगीत तथा अन्जु पन्तको आवाजमा रहेको एउटा गजल, ‘कहाँकहाँ खोजे तिमीलाई’ को म्युजिक भिडियोको विमोचन समरोह सम्पन्न भएकोछ

गजलसङ्ग्रह ‘सिसिफस जीवन’ भित्रको प्रथम गजल एल्बम, ‘पद्मिनी’ राजधानीमा गत कार्तिक १९ नोवेम्बर ५ तारिक २०१८ को दिन  सोमबार एक कार्यक्रमकाबीच वरिष्ठ समालोचक, गीत तथा गजलकार प्रा.डा.कृष्णहरि बराल, वरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, गीतकार संघ नेपालका अध्यक्ष चुणामणी देवकोटा र वरिष्ठ गीतकार, समालोचक रेडियोकर्मी तथा चित्रकार रमेश पौडेल र पुर्वमिस नेपाल सुबिन लिम्बूले संयुक्त रुपमा यो सङ्ग्रह सार्वजनिक गर्नुभएको हो।

सङ्ग्रह सार्वजनिक गरेपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा. बरालले गजलकार निश्चल पिएस को ब्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो। निश्चल, पिएसका गजलमा पृथक पस्कने कोशिस भएको बताउनुभयो। वरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, वरिष्ठ गीतकार चुणामणी देवकोटा र वरिष्ठ गीतकार समालोचक सन्चारकर्मी चित्रकार रमेश पौडेल र पुर्वमिस नेपाल सुबिन लिम्बुले गजल सुन्दा आनन्द लाग्ने खालका रहेको भन्दै गजलकार निश्चल र अल्बम तयार पार्ने भूमिका निर्वाह गर्ने सबै सर्जकस्रष्टालाई बधाई तथा शुभकामना दिनुभएको थियो। वरिष्ठ गीतकार समालोचक, सन्चारकर्मी, चित्रकार रमेश पौडेलले पद्मिनी अल्बम भित्रका गजलहरुबारे समीक्षात्मक टिप्पणी गर्नु भएको थियो।

कार्यक्रम संयोजक पदम सिसिएन निङ्लेकुको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा गजल अल्बममा सहभागी सङ्गीतकार, गायक गायीका, सङ्गीत सम्योजक तथा म्युजिक भिडियो निर्देशक,आवरण डिजाइनर लगायतलाई मायाँको चिनो समेत उक्त वितरण गरिएको थियो। पद्मिनी अल्बमको आवरण अनिल स्थापितले तयार पार्नुभएको हो।पद्मीनी’ अडियो सिडी सिडीभित्र;

  1. अन्जु पन्तको स्वरहरि लम्सालको सङ्गीतमा
    कहाँकहाँ खोजे तिमीलाई नखोजेको शहर छैन
    हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन
  2. स्वरुपराज आचार्यको स्वर र महेश खड्काको सङ्गीतमा
    टुटनु नाता टुटेपछि सम्झनामा नाआउ तिमी
    लुट्नु खुशी लुटेपछि सम्झनामा नाआउ तिमी
  3. दीपक लिम्बूको स्वरगैरे सुरेशको सङ्गीतमा
    ‘जब तिम्रो साथ हुन्छ मलाई जिउने आशा हुन्छ
    एक तमासको जिन्दगी तिमी हुदा खास हुन्छ
  4. ताराप्रकाश लिम्बूको स्वरसङ्गीतमा,
    तिम्रो मनको बगैंचामा दुल्ना मन लाग्यो
    फूल बनी खुशीहरु बटुल्न मन लाग्यो
  5. निरा रानाभाटको स्वरगैरे शुरेसको सङ्गीतमा,
    म रुँदिन भन्छु रुनै कर लाग्छ
    हाँसोसंग आँशु साट्नै डर लाग्छ
  6. सुनिता थेगिमको स्वरताराप्रकाश लिम्बूको संगीतमा,
    हिजोआज किन कुन्नि छले जस्तो लाग्न थाल्यो
    तिम्रो कुरा अन्तै कतै चले जस्तो लाग्न थाल्यो
    जस्ता ६ ओटा गजलहरु  समावेश गरिएका छन्।

एल्बममा भएका गजलमा महाराज थापा, विष्णु अधिकारी, आमोश तामाङ, फणिन्द्र राई र शाहस शाक्यको एरेञ्ज रहेको छ। उक्त अवसरमा अल्बममा रहेको गजल गीत ‘कहाँ कहाँ खोजे तिमीलाई नखोजेको शहर छैन, हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन’को भिडियो पनि विमोचन गरिएको थियो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा कलाकार रिमा विश्वकर्मा, जीवन भट्टराई र जोर्डन राजभण्डारीको अभिनय रहेको छ । उत्तम हुँमागाईले छायाँकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गर्नुभएको हो।पद्मिनी इन्टटेइनमेन्टको प्रथम प्रस्तुति रहेको यस भिडियोको निर्माता एलि फोम्बो लिम्बू हुनुहुन्छ।

कहाँ कहाँ खोजे म्युजिक भिडियो हेर्न मुनिको प्ले बटनमा क्लिक गर्नुहोला।

गीत सङ्गीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन गायिका संचारकर्मी निरा रानाभाटले गर्नुभएको थियो । पद्मिनी, यस गजलसङ्ग्रहकी सुत्रधार, केन्द्र विन्दु, नायिका, एक काल्पनिक पात्र मात्रै हुन।

निश्चल, पिएस

थप जानकारीको लागि: nishchal.ningleku@gmail.com

Follow on Twitter @iam_nishchal

 

 




Entertainment Ghazal Literature Music News
निश्चल, पिएसको ‘पद्मिनी’
October 22, 2018
0
, , , , ,

निश्चल, पिएसको ‘पद्मिनी’ एक गजल अल्बम

तेह्रथुम जिल्ला जन्मी, हाल दुबईमा व्यावाशय गर्दै आएका निश्श्चल पिएस निङलेकुले आफ्नो गजलसङ्ग्रह, ‘सिसिफस जीवन’ बाट ६ गजलहरु नेपालका चर्चित संगीतकारहरुको सृजनामा विभिन्न चर्चित र स्थापित गायक गायिकाहरुको समधुर आवाजमा रेकर्ड गराई, ‘पद्मिनी’ नामक अल्बम दशैँपछि विमोचन गर्ने तयारीमा जुटेका छन्। संगीतप्रेमी विशेषगरि गजलका पारखिहरुकोलागि सुनौलो खबर हुनेछ। 

  1. चर्चित संगीतकर महेश खड्काको संगीत तथा गायक स्वरूपराज आचार्यको अवाजमा गजल
    टुट्नु नाता टुटेपछि सम्झनामा नआऊ तिमी
    लुट्नु खुशी लुटेपछि सम्झनामा नआऊ तिमी  रेकर्ड भएको छ।
  2. यसैगरी अर्को गजल संगीतकार हरि लम्सालको संगीत र गायिका अन्जु पन्तको अवाजमा।
    कहाँकहाँ खोजे तिमीलाई नखोजेको शहर छैन
    हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन
  3. संगीतकार गैरे सुरेशको संगीत र दिपक लिम्बूको अवाजमा रेकर्ड भएको अर्को गजल
    जब तिम्रो साथ हुन्छ मलाई जिउने आश हुन्छ
    एक तमासको यो जिन्दगी तिमी हुदा खास हुन्छ
  4. गैरे सुरेशकै संगीत तथा निरा रानाभाटको आवाजमा अर्को गजल,
    म रुँदिन भन्छु रुनै कर लाग्छ
    हाँसो संग आँशु साट्नै डर लाग्छ रेकर्ड भएको छ।
  5. संगीतकार तथा गायक ताराप्रकाश लिम्बूको संगीत र आवाजमा,
    तिम्रो मनको बगैंचामा डुल्न मन लाग्यो 
    फूल बनी खुसीहरू बटुल्न मन लाग्यो रेकर्ड भएको छ भने
  6. संगीतकार ताराप्रकाश लिम्बूको संगीत र गायिका सुनिता थेगिमको अवाजमा;
    हिजो आज किन कुन्नि छले जस्तो लाग्न थाल्यो 
    तिम्रो कुरा अन्तै कतै चले जस्तो लाग्न थाल्यो  रेकर्ड सम्पन्न भएको सर्जक  निश्चल, पिएसले दिनु भएको छ।

रेकर्ड गरिएका ६ गजलहरु मध्ये, अन्जु पन्तको आवाजको गजल कहाँकहाँ खोजे तिमीलाई नखोजेको शहर छैन, हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन गजलोकोम्युजिक भिडियो बनाउन नेपालका चर्चित भिडियो निर्देशक निकेश खडकालाई जिम्मा दिई कलाकार छनौट भैरहेको छ भने अल्बम ‘पद्मिनी‘ रविमोचन एकैदिन विमोचन गरिने लक्ष रहेको सर्जक निश्चलले दिनुभएको छ।

निश्चल, पिएस को व्यक्तिगत  YouTube Channel PADMEENEE ENTERTAINMENT  यो Subscribe लिंकलाई क्लिक गरी, Subascribe गर्न समेत अनुरोध गरिएको छ।

 

 




Entertainment Ghazal Literature Music Songs
निश्चल, पिएसका ६ गजलहरुको रेकर्डिङ सम्पन्न  
June 3, 2018
0

निश्चल, पिएसका ६ गजलहरुको रेकर्ड सम्पन्न 

गजलगो निश्चल, पिएस को गजलसङग्रह, ‘सिसिफस जीवन‘ भित्रका ६ गजलहरु नेपाली सांगीतिक फाँटका स्थापित संगतिकारहरुको  संगीत सिर्जना तथा स्थापित गायक-गायिकाहरुको आवाजमा रेकर्डिङ कार्य सम्पन्न भएको छ |

चर्चित संगीतकर महेश खड्काको संगीत तथा गायक स्वरूपराज आचार्यको अवाजमा गजल
टुट्नु नाता टुटेपछि सम्झनामा नआऊ
तिमी
लुट्नु खुशी लुटेपछि सम्झनामा नआऊ तिमी  
रेकर्ड भएको छ |

यसैगरी अर्को गजल संगीतकार हरि लम्सालको संगीत र गायिका अन्जु पन्तको अवाजमा |
कहाँकहाँ खोजे तिमीलाई नखोजेको शहर छैन
हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन  

संगीतकार गैरे सुरेशको संगीत र दिपक लिम्बूको अवाजमा रेकर्ड भएको अर्को गजल
जब तिम्रो साथ हुन्छ मलाई जिउने आश हुन्छ
एक तमासको यो जिन्दगी तिमी हुदा खास हुन्छ  गैरे सुरेश
कै संगीत तथा निरा रानाभाटको आवाजमा अर्को गजल,
म रुँदिन भन्छु रुनै कर लाग्छ 
हाँसो संग आँशु साट्नै डर लाग्छ रेकर्ड भएको छ |

संगीतकार तथा गायक ताराप्रकाश लिम्बूको संगीत र आवाजमा,
तिम्रो मनको बगैंचामा डुल्न मन लाग्यो 
फूल बनी खुसीहरू बटुल्न मन लाग्यो रेकर्ड भएको छ भने संगीतकार ताराप्रकाश लिम्बूको संगीत र गायिका सुनिता थेगिमको अवाजमा;
हिजो आज किन कुन्नि छले जस्तो लाग्न थाल्यो 
तिम्रो कुरा अन्तै कतै चले जस्तो लाग्न थाल्यो रेकर्ड सम्पन्न भई हाल Mixing कार्य हुदै गरेको जानकारीका साथै,  चांडैनै नेपाली संगीत प्रेमी श्रोताहरुमाझ बजारमा ल्याइने समेत जानकारी निश्च, पिएसले दिनु भएको छ |

निश्चल, पिएस को व्यक्तिगत  YouTube Channel PADMEENEE ENTERTAINMENT  यो Subscribe लिंकलाई क्लिक गरी, Subascribe गर्न समेत अनुरोध गरिन्छ |

 

 

 

 

 




© 2005-2019 pslimboo.com.np | All Rights Reserved