चासोक तङनाम केहो | Nishchal PS चासोक तङनाम केहो | Nishchal PS
Culture Festival Limbu Limbu_Festival News
चासोक तङनाम केहो
November 21, 2017
0

Everest Media LLC को सहकार्यमा किरात याक्थुङ चुम्लुङ, यूएई प्रस्तुत गर्दछ चासोक तङनाम, विविध साँस्कृतिक साँझ 2017

किरात याक्थुङ लिम्बू समुदायको मौलिक साँस्कृतिक नाचगानहरु-धान नाच, च्याब्रुङ नाच, हाक्पारे, ख्यालीकासाथ नेपालका आदिवासी जनजातिहरुका विविध संस्कृति झल्कने नाच गानहरुका तथा यूएईबासि चर्चित नेपाली कलाकारहरुको नेपाली गीत र आकर्षक नृत्यहरुको वेजोड प्रश्तुतिसहित किरात याक्थुङ चुम्लुङ, यूएईले चासोक तङनाम- ३७९६ को अवसरमा, Burjuman Metro station नजिकै अवस्थित  Holiday Inn Hotel मा  मिति Dec 15, 2017 कि दिन चासोक तङनाम, विविध साँस्कृतिक साँझ 2017 को आयोजना गर्दैछ |

चासोक तङनाम केहो ?

चासोक तङना, नेपाली भाषामा, चासोक को शब्दिक अर्थ न्वागी र “तङनाम” को अर्थ चार्ड/पर्व हुन्छ । किरात लिम्बूहरुले चासोक तङनामलाई राष्ट्रिय चाड अर्थात् प्रमुख पर्वका रुपमा मनाउदै आएकाछन् |

मुन्धुम अनुसार कृषि युग शरुहुन अघि लिम्बूहरुको पुर्खा सावा येत्हाङ -मानव वती हरुले कन्दमुल काचै खाएर जिवन यापन गर्दथे । त्यसैले कुपोषण भई अनेकौ रोग लाग्यो । रोगबाट मुक्ति पाउन तागेरनिङ्वाफुमाङ र्सवशक्तिमान देवता को प्रार्थना गरे । प्रार्थनानाको फलस्वरुप तागेरानिङ्वाफुमाङले पेना माङ्दक -कोदो), पारामा -कोदोसगै फल्ने कोदो जस्तो) तुम्री-जुनेलो), ताक्मारु -घैया), साङघामा, लिङघामा, लङवामा -एक प्रकारको अन्न) अन्नको विउ विजन प्राप्त भयो ।

किरात लिम्बूजातिको आदिम पुर्खा सावा येत्हाङहरुले अन्नको विउ पाएपछि उनीहरुको चेली सिवेरा एःक्थुक्मा सिवेरा यावुकेक्माले काठको खन्ती र अङकुसेको सहयोगले खोरीया फाडेर भस्मेमा अन्नको विउ छरी फलाईन । यसरी नै सावा येत्हाङहरुले खेतीपाती गर्न सिके । फलाएको अन्न आगोमा पकाई खान थाले । उनीहरुलाई रोग पनि लाग्न छोड्यो । सन्तानहरुलाई पनि रोगले आक्रमण नगरेपछि उनीहरुको जनसंख्या बढ्न थाल्यो । खेती गरेर अन्न फलाउन सिकाउने आफ्ना चेलीको यो पुन्य कामदेखि खुशी भई सावा येत्हाङहरुले उनलाई आशिष र वरदानका रुपमा आफूले फलाएको अन्न चेली सिवेरा एःथुक्मा सिवेरा याबुकेक्मालाई नाली कुजेन भनी चढाएपछि मात्र खाने पाउने बाचा गरे । त्यस पछि नै लिम्बू जातिमा न्वागी पुजा अर्थात चासोक तङनामको थालनी भएको लिम्बूहरुको मुन्धुम -शास्त्र) मा बर्णनगरीएको छ ।

चासोक तङनाममा फेदाङमा -लिम्बू जातिको पुजारी) को सहायतामा युमा साम्माङ, थेवा सम्माङ, मिसेक, चखोवा, फाक्मुरा, थुङदाङवा लगायत नौ प्रकारको देवी देवताको पुजा गरिन्छ। चासोकलाई भव्यताका साथ मनाउने गरेका कारण मङसीर पूणिर्को दिन लिम्बूहरुले आफना छोरा-छोरीहरुलाई ल्याएर यो हाम्रो चाड हो भन्दै सस्कार सस्कृतिका वारेमा जानकारी गाराउछन् । यो दिन लिम्बूहरुले याङवेन -झ्याउ), चाम्ब्रे -पुलाउ), वमयुक -कुखुराको भुल्लालाई डराएर वनाएको तिते), सिगोल्या -गहुँको ढिडो), पेनागोल्या -कोदोको ढिडो), सारग्याङ -ससेज) तोङबा खाने प्रचलन छ ।

स्मरण रहोस नेपाल सरकारले पनि उधौली पर्व/ चासोक तङनाम अर्थात मंसिर पूणिर्माका दिन र्सार्वजानीक विदा २०५८ सालदेखि दिदै आएको छ ।

यूएईमा
चासोक तङनामकिन ?

राजीतिक अस्थिरता अनि बढ्दो बेरोजगारी समस्याले गर्दा देशबाट मानवशक्ति दिनानुदिन बिदेशिनेक्रम जारि छ | यसै क्रममा, यूएईमा कार्यरत लिम्बू समुदायले आफ्नो मौलिक महान चाड, संस्कृतिलाई प्रवाशमै बसेर भएपनि बर्षदिनमा एकपल्ट एकैठाउमा भेला भई मनाउदै   यसको प्रवर्दन गर्ने, अनि आफ्नो संस्कृतिबारे, यूएईमा कार्यरत गैर लिम्बू नेपालीहरुलाई समेत अवगत गराउने उदेश्यले नेपाली पात्रो अनुसार मङ्सिर पुर्णिमाको छेकको शुक्रबार पारी “चासोक तङनाम मनाउने परम्परा बसाउने अभिप्रायले किरात याक्थुङ चुम्लुङ, यूएईले सन २०११ देखि विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी बार्षिकरुपमा मनाउदै आएको छ |

यसपल्ट चासोक तङनाम कार्यक्रम कहाँ र कहिले हुदैछ ?

किरात याक्थुङ चुम्लुङ, यूएई केन्द्रिय कार्यासमितिको आयोजनामा हुन गईरहेको साँस्कृतिक कार्यक्रम, “चासोक तङनाम ३७९६ विविध साँस्कृतिक साँझ २०१७ निम्न मिति, स्थान र समयमा हुनेछ |

मिति: डिसेम्बर 15 शुक्रबार 2017
स्थान:  Holiday Inn Hotel  बरदुबई

कार्यक्रमको आकर्षण
नेपालका चर्चित कलाकार तथा यूएईबसोबास गर्ने चर्चित स्थानिय कलाकाहरुको प्रश्तुतिका साथ लिम्बू जातिको मौलिक नाचहरु; धान नाच, च्याब्रुङ नाचका अन्य सामुदायिक मौलिक नृत्यहरू |

 

कार्यक्रम सम्बन्धि जानकारीको लागि


www.facebook.com/chumlunguae 
 अर्थात  www.chumlunguae.org.np हेर्दै गर्नुहोला |

About author

admin

logo

अपेक्षा गरिए भन्दा राम्रो भ्यूजहुदै

Read more
logo

Kahan Kahan Khojen Timilai

Read more
logo

निश्चल, पिएसको ‘पद्मिनी’

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved