कियाचु, यूएईले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम ३७९६ मनाउने | Nishchal PS कियाचु, यूएईले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम ३७९६ मनाउने | Nishchal PS
Culture Festival Limbu Limbu_Festival News Social
कियाचु, यूएईले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी चासोक तङ्नाम ३७९६ मनाउने
November 5, 2017
0

गत नोभेम्बर ४, २०१७ शुक्रबार किरात याक्थुङ चुम्लुङ (कियाचु), यूएईको अध्यक्ष मनिष नाल्बो लिम्बूको अध्यक्षतामा बसेको बैठकले याक्थुङ/लिम्बूहरुको मौलिक पर्व चासोक तङ्नामको अवसरमा भुतपुर्ब अध्यक्ष तथा वर्तमान सल्लाहकार सरोज पङ्हाङ्गोको संयोजकत्व युएईमा बृहत चासोक तङ्नाम ३७९६ विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ |

चासोक तनङनाम् कार्यक्रम संयोजक समितिमा प्रमुख सल्लाहकार मनकुमार लाओती (समदर्शी काईंला), सल्लाहकारहरु विजय संयोक र गजबहादुर वनेम (टेक) तथा रनु जबेगू, दीपराज नेयोङहाङ, अमृता लक्सम, लासाङ निङ्लेकू , दुर्गा थोक्लेन, भिमराज कन्दङ्वा, गोबिन्द लुङ्फुङ्वा, मुना ईङ्नाम लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी र कार्यकारी सदस्यहरु सहितको रहेका छन् |

यस कार्यक्रममा नेपालबाट आउने ३ जना लिम्बू कलाकारहरु अतिथि कलाकारको  रुपमा आफ्नो कला प्रश्तुने गर्नेछन्  भने साथमा यूएईमा रहेका नेपाली कलाकारहरु र विभिन्न समुदायका सांस्कृतिक झाँकीहरुको वेजोड प्रश्तुती रहने कुरा कियाचु, यूएईका अध्यक्ष मनिष नाल्बोले बताउनु भयो |

चासोक तङ्नामको अवसरमा कियाचु, यूएईले बिगत केहि बर्ष यता हरेक वर्ष विभिन्न साँस्कृतिक कार्यक्रहरुको आयोजना गर्दै यूएईका नेपालीहरुमाझ लिम्बूहरुको मौलिक संस्कृति प्रवर्द्धन गर्दै मनाउदै आएको छ | यस बर्ष पनि मिति डिसेम्बर ८, २०१७ शुक्रबारको कार्यक्रमको आयोजना गर्ने निर्णयका साथ संयोजक समितिले संस्थामा आवद्ध सम्पूर्ण कियाचु, यूएईका शुभचिन्तक महानुभावहरुलाई कार्यक्रमको सफलताकोलागि सहकार्य र सहभागिताको निम्ति आव्हान गरेको छ |

किरात समुदायमा हरेक बर्ष मनाइने यस उधौली पर्वलाई  याक्थुङ/लिम्बूह समुदायमा ‘चासोक तङ्नाम’ राई समुदायले ‘साकेला/साकेन्वा ’ सुनुवार समुदायले ‘फोलस्दस्याँदर ’ र याक्खाहरुले ‘चासुवा’ भन्ने गर्दछन् |

 

About author

admin

logo

अपेक्षा गरिए भन्दा राम्रो भ्यूजहुदै

गत नोभेम्बर ४, २०१७ ...

Read more
logo

Kahan Kahan Khojen Timilai

गत नोभेम्बर ४, २०१७ ...

Read more
logo

निश्चल, पिएसको ‘पद्मिनी’

गत नोभेम्बर ४, २०१७ ...

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved