चुम्लुङ साधारणसभा -२०१७ | Nishchal PS चुम्लुङ साधारणसभा -२०१७ | Nishchal PS
Limbu News Social
चुम्लुङ साधारणसभा -२०१७
January 25, 2017
0

आज सन् १३ जनवरी २०१७ का दिन किरात याक्थुङ चुम्लुङ, युएईका वर्तमान अध्यक्ष सरोज पंहाङ्गो ज्यूको अध्यक्षतामा बरदुबईको श्रीराज लस्सी रेष्टुरेन्टको हलमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले संस्थाको चौथो अधिवेशन मार्च १७, २०१७ शुक्रबारको दिन सम्पन्न गर्ने गरि तीन सदस्यीय निर्वाचन अधिवेशन संयोजक समिति गठन गरी फेब्रुवरी १०, २०१७ भित्र निर्वाचन आचारसंहिता पारित गर्ने गरी आचारसंहिता निर्माण तथा अधिवेशन तयारीको जिम्मेवारी प्रदान गरिएको छ |

अधिवेशन संयोजक समिति

  1. संयोजक: निश्चल, पिएस निङ्लेकू
  2. सदस्य: नन्द ताम्लिङ
  3. सदस्य: राजु फोम्बो

यसका साथै सदस्यता वितरण सम्बन्धमा छलफल गरी कार्यसमितिको सक्रियतामा सोहि मिति देखि सदस्यता वितरण अभियान संचालन गरी मार्च ३, २०१७ को बैठकमा वितरित सदस्यहरुको आवश्यक  कागज-पत्र र शुल्क कार्यसमितिको बैठकमा उपलब्ध हुने गरि सदस्यता वितरण गर्ने र त्यो दिन सम्म बनेका सदस्यहरुले मात्र चौथो राष्ट्र अधिबेशनमा आधिकारिक सहभागी हुन पाउने समेत सर्वसम्मत निर्णय गरिएको छ |

अधिवेशन हुने समय र स्थान तथा उम्मेदवारी सम्बन्धि सूचना निर्वाचन संयोजक समितिले संस्थाको अधिकारिक फेसबूक साधारणसभा समुहमा तथा यसै वेबसाइटमा सम्प्रेस गर्ने हुदा, समय समयमा वेबसाइट तथा साधारणसभा समूह हेर्दै गर्नु होला |

About author

admin

logo

अपेक्षा गरिए भन्दा राम्रो भ्यूजहुदै

Read more
logo

Kahan Kahan Khojen Timilai

Read more
logo

निश्चल, पिएसको ‘पद्मिनी’

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved