निशुल्क बैदेशिक रोजगार नीति, समस्या र निराकरण | Nishchal PS निशुल्क बैदेशिक रोजगार नीति, समस्या र निराकरण | Nishchal PS
Statement
निशुल्क बैदेशिक रोजगार नीति, समस्या र निराकरण
July 13, 2015
0

निशुल्क बैदेशिक रोजगारको नीतिले श्रम राज्यमन्त्री केहि समय लोकप्रिय बन्लान् | यथार्थ नबुझी, मानिसले पनि मन्त्रीलाई राम्रो निर्णय भनि बधाई देलान्, अझ जिन्दावाद भन्लान् | तर धेरै दिन टिक्दैन किनभने देशले राजश्व गुमाउदैछ, अर्कोतिर युवाहरु बेरोजगार बनिदैछन् | यसले देशमा आपराधिक गतिविधि बढ्न सम्भावनालाई समेत नाकर्न सकिन्न |

केहि रोजगारदाता कम्पनीहरुले कामदारको माग नेपाललाई देलान तर त्यो अपर्याप्त हुनेछ | अझ पनि हाम्रो देश दक्ष्य कामदार पाउने देशको सुचिमा, सुचिकृत भइ नसकेको अवस्थामा, सबै रोजगार दाताले अर्धदक्ष्यकामदारहरुको लागि, सम्पूर्ण लागत ब्योहोर्न त्यति सहज छैन | रोजगारदाताहरुको मानशिकता कामदारलाई सम्पूर्ण लागत ब्योहोरेर ल्याउँदा, पर्यटक जस्तो महसुस गर्ने अनि लागतको महसुस नगरी, नियुक्तिको अर्को दिन, महिना अर्थात कारार अवधि पुरा नगरी घर फर्कने, काम नगर्ने आदि समस्याहरु भोगेकाले, केहि लागत जस्तै सेवा शुल्क वा टिकट लगायत श्रम स्वीकृति, स्वस्थ्य प्रमाणीकर जस्ता लागत काम दारले ब्योहोरेर चाहन्छन् |

यूएईको हकमा एउटा व्यक्तिको राहदानीमा भिसा लागुन्जेल सम्ममा नेरु ५०,००० देखि १७०,००० सम्म पर्न आउछ – नेपालमा लाग्ने लागत बाहेक |
रोजगारदाताहरु निम्नानुसार पाइने गरिएको छ |

क – बर्गका कम्पनि, भिसा, टिकट नेपालमा लाग्ने खर्च लगायत सेवा शुल्क सहित दिने |
ख – बर्गका कम्पनि, भिसा र हवाई टिकट दिने, अन्य खर्च कामदार स्वयम् ले ब्योहोरोस् |
ग – बर्गका कम्पनि, भिसा दिने टिकट तथा अन्य खर्च कामदार स्वयम् ले ब्योहोरोस् |
घ – बर्गका कम्पनि, भिसा सहितको केहि लागतको माग गर्ने | टिकट तथा अन्य खर्च कामदार स्वयम् ले ब्योहोर्न लगाउछन |

प्राय रोजगारदाता कम्पनीहरुलाई माथिका चार बर्गमा बर्गिकरण गर्न सकिन्छ | यसका अलावा, केहि अदृश्य खर्चहरु शर्तका रुपमा अघि सर्ने गर्छन्हु जस्तै- अन्तवार्ता जाने व्यक्ति (जो आफु काम गर्दा जस्तोसुकै कोठामा बसोस् तर ) सुविधा सम्पन्न पांच तारे होटेल तथा ब्यापारिक स्तरको सुविधा युक्त हवाई टिकट | अन्तर्वार्ता क्रममा दृश्यावलोकनको माग, समय समयमा खाना आदि भन्ने यो नीतिले केहि समस्या उत्पन्न गराउने स्पष्ट छ |

सकरात्मक

बैदेशीक रोजगारीले नेपाली जनताको जीवनस्तर मात्रै उकासेको छैन, द्वन्द्वकालमा रेमिटेन्स र राजस्वले देशको अर्थतन्त्रमा समेत ठुलो टेवा दिएको थियो र दिएको छ | यति मात्र नभई, रोजगारीको क्रममा बिदेशमा सिकेको शिप अहिले, नेपालमा फर्केर ब्यबसाय गरि अन्य सर्वसाधारणलाई रोजगार दिएका धेरै उदाहरणहरु पनि छन् |

नकारात्मक

भनिन्छ अहिले बैदेशिक रोजगार व्यवशायीहरु ठग्न पाइयोस भनि अन्दोलन गरेका हुन् | व्यवशायीहरु सबै राम्रो छन् भन्ने आशय अबश्य होइन, तर सबै नराम्रा पनि छैनन् | अहिलेको आन्दोलन ठग्न पाइयोस् भनेर भन्दा नभई, हचुवा निर्णयको बिरोध र अध्यन अनुसन्धान गरि व्यवस्थितित गरियोस भन्ने हो भन्ने बुझिनु पर्दछ | एकपल्ट हामी सकारात्मक भएर किन नोसोच्ने | कतिको अफिसमा कति बैदेशिक रोजगारीमा जानलागेका युवाहरुको भिषा आएको होला, स्विकृति लिने प्रक्रियामा होला, भिसा को म्याद सकिने अवस्थामा होला | निशुल्क बैदेशकिक रोजगारले फायदा कसलाई पुर्याएको छ ?

सम्भावित समस्या

१:देशमा बेरोजगारिको संख्या बढ्ने |
२: देशले प्राप्त गर्ने राजस्वमा सिधै प्रभाव |
३: बैदेशिक रोजगारसंग जोडिएका अन्य ब्यबसायहरु जस्तै गेस्टहाउस, यातायात, एयरलाइन्स, मेडिकल, रोजगारी आदि लाई समेत प्रत्यक्ष असर पार्ने |
४: देशलाई हुने रेमिटेन्सबाट हुने आर्थिक लाभ, केहि बर्ष भित्रमा निकै ठुलै असर पार्ने |
५: देशमा अप्रत्यक्षरुपले आपराधिक गतिविधि बढ्ने |
६: यसै संग सम्बन्धित क्षेत्रमा अप्रत्यक्षरुपले भ्रष्टाचार तथा घुसखोरी बढ्ने |
७: नेपाली जनशक्तिले – रोजगार अवसर गुमाउने- को कोटामा अन्य मुलुकका नागरिकहरुले अवसर पाउने |सकरात्मक

समस्याको निराकरण

श्रम मन्त्रालयले आन्दोलनरत व्यवशायीहरुलाई मात्र नहेरी यस निर्णयबाट हुन थालेको क्ष्यति, हुन सक्ने क्ष्यति लाई मनन गरी, बैदेशिक रोजगार ब्यबसायलाई मर्यादित बनाउन, निम्नलिखित कदम चाली साचिनै आफ्नो कार्यकाल सफल मात्र होइन, ऐतिहासिक समेत बनाउन सक्नेछन् राज्यमन्त्री गुरुङले |

१: बजार (रोजगार दाता मुलूकहरुमा) अनुसन्धान गरी तदनुसार नियम बनाईनु जरुरि छ |
२: सबै रोजगारदाता मुलुकहरुसंग नेपाल सरकारले सम्भव भए सम्म निशुल्क भिषा र टिकट सम्बन्धि सम्झौता गरिनु पर्दछ – कुनै देश, कोरिया, जापान, पोर्तुगल अपवाद हुनुहुन्न |
३: सबै रोजगारदाता मुलुकमा भिषा लागत अलग अलग हुने भएकोले, मुलुक अनुसार न्यूनतम कुन देशको लागि कतिसम्म लिने भन्ने नियम लागु बनाईनु पर्छ |

About author

admin

ATTITUDE plays vital role

निशुल्क बैदेशिक रो...

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved