निश्चल, पिएसका ६ गजलहरुको रेकर्डिङ सम्पन्न   | Nishchal PS निश्चल, पिएसका ६ गजलहरुको रेकर्डिङ सम्पन्न   | Nishchal PS
Entertainment Ghazal Literature Music Songs
निश्चल, पिएसका ६ गजलहरुको रेकर्डिङ सम्पन्न  
June 3, 2018
0

निश्चल, पिएसका ६ गजलहरुको रेकर्ड सम्पन्न 

गजलगो निश्चल, पिएस को गजलसङग्रह, ‘सिसिफस जीवन‘ भित्रका ६ गजलहरु नेपाली सांगीतिक फाँटका स्थापित संगतिकारहरुको  संगीत सिर्जना तथा स्थापित गायक-गायिकाहरुको आवाजमा रेकर्डिङ कार्य सम्पन्न भएको छ |

चर्चित संगीतकर महेश खड्काको संगीत तथा गायक स्वरूपराज आचार्यको अवाजमा गजल
टुट्नु नाता टुटेपछि सम्झनामा नआऊ
तिमी
लुट्नु खुशी लुटेपछि सम्झनामा नआऊ तिमी  
रेकर्ड भएको छ |

यसैगरी अर्को गजल संगीतकार हरि लम्सालको संगीत र गायिका अन्जु पन्तको अवाजमा |
कहाँकहाँ खोजे तिमीलाई नखोजेको शहर छैन
हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन  

संगीतकार गैरे सुरेशको संगीत र दिपक लिम्बूको अवाजमा रेकर्ड भएको अर्को गजल
जब तिम्रो साथ हुन्छ मलाई जिउने आश हुन्छ
एक तमासको यो जिन्दगी तिमी हुदा खास हुन्छ  गैरे सुरेश
कै संगीत तथा निरा रानाभाटको आवाजमा अर्को गजल,
म रुँदिन भन्छु रुनै कर लाग्छ 
हाँसो संग आँशु साट्नै डर लाग्छ रेकर्ड भएको छ |

संगीतकार तथा गायक ताराप्रकाश लिम्बूको संगीत र आवाजमा,
तिम्रो मनको बगैंचामा डुल्न मन लाग्यो 
फूल बनी खुसीहरू बटुल्न मन लाग्यो रेकर्ड भएको छ भने संगीतकार ताराप्रकाश लिम्बूको संगीत र गायिका सुनिता थेगिमको अवाजमा;
हिजो आज किन कुन्नि छले जस्तो लाग्न थाल्यो 
तिम्रो कुरा अन्तै कतै चले जस्तो लाग्न थाल्यो रेकर्ड सम्पन्न भई हाल Mixing कार्य हुदै गरेको जानकारीका साथै,  चांडैनै नेपाली संगीत प्रेमी श्रोताहरुमाझ बजारमा ल्याइने समेत जानकारी निश्च, पिएसले दिनु भएको छ |

निश्चल, पिएस को व्यक्तिगत  YouTube Channel PADMEENEE ENTERTAINMENT  यो Subscribe लिंकलाई क्लिक गरी, Subascribe गर्न समेत अनुरोध गरिन्छ |

 

 

 

 

 

About author

admin

मेरा गजलहरु

Read more
Tutnu nata final thumbnail

पद्मिनीको नाता टुटे पछि…

Read more

विश्वासको धरहरा ढले जस्तो

Read more

© 2005-2019 pslimboo.com.np | All Rights Reserved