निश्चल, पिएसकी पद्मिनी विमोचित | Nishchal, PS Kahan Kahan Khojen Timilai | Nishchal, PS
Entertainment Ghazal Literature Music News Songs
Kahan Kahan Khojen Timilai
November 7, 2018
0
, , , ,

निश्चल, पिएसकी गजलसङ्ग्रह ‘पद्मिनी’ राजधानीमा एक कार्यक्रमको विच सार्वजनिक।

मिति २०७५ कार्तिक १९ गते निश्चल, पिएसकी ‘पद्मिनी’ अडियो गजलसङ्ग्रह उक्त सङ्ग्रहभित्रको, हरि लम्सालको संगीत तथा अन्जु पन्तको आवाजमा रहेको एउटा गजल, ‘कहाँकहाँ खोजे तिमीलाई’ को म्युजिक भिडियोको विमोचन समरोह सम्पन्न भएकोछ

गजलसङ्ग्रह ‘सिसिफस जीवन’ भित्रको प्रथम गजल एल्बम, ‘पद्मिनी’ राजधानीमा गत कार्तिक १९ नोवेम्बर ५ तारिक २०१८ को दिन  सोमबार एक कार्यक्रमकाबीच वरिष्ठ समालोचक, गीत तथा गजलकार प्रा.डा.कृष्णहरि बराल, वरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, गीतकार संघ नेपालका अध्यक्ष चुणामणी देवकोटा र वरिष्ठ गीतकार, समालोचक रेडियोकर्मी तथा चित्रकार रमेश पौडेल र पुर्वमिस नेपाल सुबिन लिम्बूले संयुक्त रुपमा यो सङ्ग्रह सार्वजनिक गर्नुभएको हो।

सङ्ग्रह सार्वजनिक गरेपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा. बरालले गजलकार निश्चल पिएस को ब्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो। निश्चल, पिएसका गजलमा पृथक पस्कने कोशिस भएको बताउनुभयो। वरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, वरिष्ठ गीतकार चुणामणी देवकोटा र वरिष्ठ गीतकार समालोचक सन्चारकर्मी चित्रकार रमेश पौडेल र पुर्वमिस नेपाल सुबिन लिम्बुले गजल सुन्दा आनन्द लाग्ने खालका रहेको भन्दै गजलकार निश्चल र अल्बम तयार पार्ने भूमिका निर्वाह गर्ने सबै सर्जकस्रष्टालाई बधाई तथा शुभकामना दिनुभएको थियो। वरिष्ठ गीतकार समालोचक, सन्चारकर्मी, चित्रकार रमेश पौडेलले पद्मिनी अल्बम भित्रका गजलहरुबारे समीक्षात्मक टिप्पणी गर्नु भएको थियो।

कार्यक्रम संयोजक पदम सिसिएन निङ्लेकुको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा गजल अल्बममा सहभागी सङ्गीतकार, गायक गायीका, सङ्गीत सम्योजक तथा म्युजिक भिडियो निर्देशक,आवरण डिजाइनर लगायतलाई मायाँको चिनो समेत उक्त वितरण गरिएको थियो। पद्मिनी अल्बमको आवरण अनिल स्थापितले तयार पार्नुभएको हो।पद्मीनी’ अडियो सिडी सिडीभित्र;

  1. अन्जु पन्तको स्वरहरि लम्सालको सङ्गीतमा
    कहाँकहाँ खोजे तिमीलाई नखोजेको शहर छैन
    हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन
  2. स्वरुपराज आचार्यको स्वर र महेश खड्काको सङ्गीतमा
    टुटनु नाता टुटेपछि सम्झनामा नाआउ तिमी
    लुट्नु खुशी लुटेपछि सम्झनामा नाआउ तिमी
  3. दीपक लिम्बूको स्वरगैरे सुरेशको सङ्गीतमा
    ‘जब तिम्रो साथ हुन्छ मलाई जिउने आशा हुन्छ
    एक तमासको जिन्दगी तिमी हुदा खास हुन्छ
  4. ताराप्रकाश लिम्बूको स्वरसङ्गीतमा,
    तिम्रो मनको बगैंचामा दुल्ना मन लाग्यो
    फूल बनी खुशीहरु बटुल्न मन लाग्यो
  5. निरा रानाभाटको स्वरगैरे शुरेसको सङ्गीतमा,
    म रुँदिन भन्छु रुनै कर लाग्छ
    हाँसोसंग आँशु साट्नै डर लाग्छ
  6. सुनिता थेगिमको स्वरताराप्रकाश लिम्बूको संगीतमा,
    हिजोआज किन कुन्नि छले जस्तो लाग्न थाल्यो
    तिम्रो कुरा अन्तै कतै चले जस्तो लाग्न थाल्यो
    जस्ता ६ ओटा गजलहरु  समावेश गरिएका छन्।

एल्बममा भएका गजलमा महाराज थापा, विष्णु अधिकारी, आमोश तामाङ, फणिन्द्र राई र शाहस शाक्यको एरेञ्ज रहेको छ। उक्त अवसरमा अल्बममा रहेको गजल गीत ‘कहाँ कहाँ खोजे तिमीलाई नखोजेको शहर छैन, हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन’को भिडियो पनि विमोचन गरिएको थियो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा कलाकार रिमा विश्वकर्मा, जीवन भट्टराई र जोर्डन राजभण्डारीको अभिनय रहेको छ । उत्तम हुँमागाईले छायाँकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गर्नुभएको हो।पद्मिनी इन्टटेइनमेन्टको प्रथम प्रस्तुति रहेको यस भिडियोको निर्माता एलि फोम्बो लिम्बू हुनुहुन्छ।

कहाँ कहाँ खोजे म्युजिक भिडियो हेर्न मुनिको प्ले बटनमा क्लिक गर्नुहोला।

गीत सङ्गीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन गायिका संचारकर्मी निरा रानाभाटले गर्नुभएको थियो । पद्मिनी, यस गजलसङ्ग्रहकी सुत्रधार, केन्द्र विन्दु, नायिका, एक काल्पनिक पात्र मात्रै हुन।

निश्चल, पिएस

थप जानकारीको लागि: nishchal.ningleku@gmail.com

Follow on Twitter @IamNishchal

 

 

0

About author

admin

logo

तीन नव प्रतिभाका Cover गायन सार्वजानिक

Read more
logo

Cover गायन सार्वजनिक हुँदै

Read more
favicon

Cover गायनको समय बढाईएको

Read more

There are 0 comments

Leave a Reply