निश्चल, पिएसको ‘पद्मिनी’ | Nishchal PS निश्चल, पिएसको ‘पद्मिनी’ | Nishchal PS
Entertainment Ghazal Literature Music News
निश्चल, पिएसको ‘पद्मिनी’
October 22, 2018
0
, , , , ,

निश्चल, पिएसको ‘पद्मिनी’ एक गजल अल्बम

तेह्रथुम जिल्ला जन्मी, हाल दुबईमा व्यावाशय गर्दै आएका निश्श्चल पिएस निङलेकुले आफ्नो गजलसङ्ग्रह, ‘सिसिफस जीवन’ बाट ६ गजलहरु नेपालका चर्चित संगीतकारहरुको सृजनामा विभिन्न चर्चित र स्थापित गायक गायिकाहरुको समधुर आवाजमा रेकर्ड गराई, ‘पद्मिनी’ नामक अल्बम दशैँपछि विमोचन गर्ने तयारीमा जुटेका छन्। संगीतप्रेमी विशेषगरि गजलका पारखिहरुकोलागि सुनौलो खबर हुनेछ। 

  1. चर्चित संगीतकर महेश खड्काको संगीत तथा गायक स्वरूपराज आचार्यको अवाजमा गजल
    टुट्नु नाता टुटेपछि सम्झनामा नआऊ तिमी
    लुट्नु खुशी लुटेपछि सम्झनामा नआऊ तिमी  रेकर्ड भएको छ।
  2. यसैगरी अर्को गजल संगीतकार हरि लम्सालको संगीत र गायिका अन्जु पन्तको अवाजमा।
    कहाँकहाँ खोजे तिमीलाई नखोजेको शहर छैन
    हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन
  3. संगीतकार गैरे सुरेशको संगीत र दिपक लिम्बूको अवाजमा रेकर्ड भएको अर्को गजल
    जब तिम्रो साथ हुन्छ मलाई जिउने आश हुन्छ
    एक तमासको यो जिन्दगी तिमी हुदा खास हुन्छ
  4. गैरे सुरेशकै संगीत तथा निरा रानाभाटको आवाजमा अर्को गजल,
    म रुँदिन भन्छु रुनै कर लाग्छ
    हाँसो संग आँशु साट्नै डर लाग्छ रेकर्ड भएको छ।
  5. संगीतकार तथा गायक ताराप्रकाश लिम्बूको संगीत र आवाजमा,
    तिम्रो मनको बगैंचामा डुल्न मन लाग्यो 
    फूल बनी खुसीहरू बटुल्न मन लाग्यो रेकर्ड भएको छ भने
  6. संगीतकार ताराप्रकाश लिम्बूको संगीत र गायिका सुनिता थेगिमको अवाजमा;
    हिजो आज किन कुन्नि छले जस्तो लाग्न थाल्यो 
    तिम्रो कुरा अन्तै कतै चले जस्तो लाग्न थाल्यो  रेकर्ड सम्पन्न भएको सर्जक  निश्चल, पिएसले दिनु भएको छ।

रेकर्ड गरिएका ६ गजलहरु मध्ये, अन्जु पन्तको आवाजको गजल कहाँकहाँ खोजे तिमीलाई नखोजेको शहर छैन, हरपल सम्झे तिमीलाई नसम्झेको प्रहर छैन गजलोकोम्युजिक भिडियो बनाउन नेपालका चर्चित भिडियो निर्देशक निकेश खडकालाई जिम्मा दिई कलाकार छनौट भैरहेको छ भने अल्बम ‘पद्मिनी‘ रविमोचन एकैदिन विमोचन गरिने लक्ष रहेको सर्जक निश्चलले दिनुभएको छ।

निश्चल, पिएस को व्यक्तिगत  YouTube Channel PADMEENEE ENTERTAINMENT  यो Subscribe लिंकलाई क्लिक गरी, Subascribe गर्न समेत अनुरोध गरिएको छ।

 

 

About author

admin

मेरा गजलहरु

Read more
Tutnu nata final thumbnail

पद्मिनीको नाता टुटे पछि…

Read more

विश्वासको धरहरा ढले जस्तो

Read more

© 2005-2019 pslimboo.com.np | All Rights Reserved