Political
स्मरण शक्ति ह्रास भएकोले, स्मरण गराउने बेला आएको छ |
July 26, 2015
0

नेपाली राजनीतिमा २०४६ साल यता सबै राजनीतिक दलका धेरैजसो नेताहरु , जो निर्णायक स्तरमा छन्, एक पछि अर्को व्यक्तिवादीनै सावित हुदै गए | आफ्नो दलको निती एकातिर, पद र सत्ताको लागि व्यवहार ठिक बिपरित हुदै छ | तसर्थ चुनावी “घोषणा पत्र” समेत पढेर, दलको अवधारण तथा नीति स्मरण गराउने अवस्था आएको छ – शिर्सस्थ नेताहरुलाई | राजनीतिक दलका नेताहरु सत्ता र पदीय बांडफांडले गर्दा शायद निम्नलिखित घट्नाहरु स्मरण शक्ति ह्रास भई, बिर्सी सके होलान् | तसर्थ अब जनताले स्मरण गराउने बेला आएको छ

  1. पुर्व राजा ज्ञानेन्द्रले निर्वाचित सरकार भंग गरी, देशको शासन सत्तामा हातमा लिएर नेताहरुलाई घर घरमा नजरबन्दमा गरेको बिर्सिए होलान |
  2. नेकपा मावोबादीका नेताहरुले, देशमा बिकाशको क्रान्ति ल्याउने भनि, हजारौ नेपालीहरुको ज्यान जाने गरी, १० बर्षे जनयुद्धमा होमिएका दिनहरु |
  3. बिना पूर्वाग्रह -जात, धर्म, राजनीतिक दल आदि नभनी – नयाँ नेपाल निर्माण गर्ने सहमतिमा २०६२/२०६३ को जनआन्दोलको परिणाम स्वरूप, पुर्व राजा ज्ञानेन्द्रले संसद पुनर्स्थापना गराएका|
  4. पुनर्स्थापित संसदले राजा बिनाको देश, संघीय गणतन्त्र मुलुक घोषणा गरेको |
  5. नेपालका आदिवासी जनजाती, मधेसी, दलित, महिला आदि संग गरेका सम्झौताहरु |

अन्य मुलुकका शासकको तुनालामा पुर्व राजा ज्ञानेन्द्रले देश र जनताको लागि साधारण नागरिक सरह बस्न तयार भई, सहज रुपमा दरबार छोडेका थिए | यसै गरि प्रजातन्त्रका शिखर पुरुष स्व. गिरिजाप्रसादलाई रास्ट्रपति बन्न नदिने खेलमा दलहरुले सारा सम्झौता भुले | बिस्तारै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा राजनीतिक बैमानीले प्रश्रय पायो, यद्यपि राजनीतिक बैमानी पहिले पनि नभएका भने होइनन्, र निरन्तरता पाई रहेको छ |

प्रथम सम्बिधान सभाको अवधि लम्ब्याउने | संसारको रेकर्ड तोड्ने जस्ता प्रधामन्त्री चुनवा पटकौ पल्टसम्म चुनाव गरिने जस्ता लज्जास्पद क्रियाकलाप राजनीतिक बैमानीनै थियो | लम्ब्याईएको संबिधानसभाको रातारात भंग गरी, जनतालाई धोका दिने कार्य गरे राजनीतक दलहरुले | जनताले फेरी अर्को पल्ट गल्ति गरे, तिनै नेताहरु जजसले रास्ट्रपति चुनावमा फोहोर खेल खेले र प्रधानमन्त्री चुनावमा हलो अड्काउने कार्य गर्नेलाई चुनाव जिताए | अहिले त्यसैको परिणाम देशमा जनताले होइन तर भारतका नेताहरुले चाहे जस्तो सम्बिधान बनिने प्राय निश्चित भई सक्यो – जतिनै जनताको सुझाब संकलन गर्ने अभिनय गरे पनि |

नेपालमा अहिलेको राजनीतिक परिस्थिति त राजनीतक दलको नीति भन्दा पनि नेतृत्वको स्वार्थ | देश विकास, जनता मुखी नभई नेता मुखी,  नेताहरु आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसकी जनतालाई संघियता, धर्म र जातको नाममा बिभाजन गराई आफु सत्तामा टिकी रहने फोहोरी खेल भन्ने नराम्रो छाप युवापुस्तामा बसी सक्यो- ले नै राजनीतिमा वितिष्णा जागेको छ |

 

About author

admin

cropped-logo.png

मंचको महाधिवेशन संगै उत्पन्न प्रश्नहरु

नेपाली राजनीतिमा २...

Read more
logo

मंच महाधिवेशनबाट अपेक्षित निर्णयहरु

नेपाली राजनीतिमा २...

Read more
logo

भेडेटार एकता पछि, बिकसित लिम्बूवान राजनीति र यसका निकास

नेपाली राजनीतिमा २...

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved