नेपालकको राजनीति र नेताहरु | Nishchal PS नेपालकको राजनीति र नेताहरु | Nishchal PS
Political
नेपालकको राजनीति र नेताहरु
February 21, 2013
0

नेपालकको राजनीति र नेताहरु

नेपालको राजनीतिक दलका नेताहरु, आफु सत्ता बाहिर रहदा बैह्य शक्तिहरुलाई – कोहि दक्षिण क्षिमेकि रस्त्रलाई,  कोहि उत्तर त कोहो पश्चिमा मुलुकहरु -तथानाम् गाली गर्ने गर्छन् | रास्ट्रियता र स्वाभिमानका आदर्श घोक्रो फुलुन्जेसम्म कुर्लेर कहिउल्यै थाक्दैनन्कु नेताहरु |

जब सत्ता वा सत्ताको संघार, दैलो नजिक पुग्न के लाग्दछन् | आफ्ना तथानाम् गाली सबै सपना जस्तो बन्छ  | सबै भुसुक्कै बिर्सेर, कसरी आफु अनुकुल राजनीतक वातारण बनाई, सत्ता भित्र छिर्ने भनी बच्चाबच्चीहरुले झुम्रो को बल खेल्दा छिर्के दाउ हेरी प्रतिद्वन्द्वीलाई लडाउने प्रयाश गरे झैँ हाम्रा आदरणीय नेताहरु प्रधानमन्त्रीलाई सत्ताच्यूत गर्ने छिर्के दाउमा – चाहे एउटै पार्टिका नेता किन नहुन्- रहदै ठिक |  देश र जनता अंति आफ्ना  राष्ट्रवादी आदर्शका आफ्ना ठूला ठूला भाषण  प्रति सोच्ने समय त धेरै टाढाको बिषय बन्ने गरेको तितो यथार्थ बनिएकोले देशमा २३ बर्ष लामो प्रजातान्त्रिक खुड्किलो पार गरेरपनि देश जहाँको त्येही छ  |नेताहरु स्वार्थी नभएको भए, २३ बर्ष त के १० बर्षनै पर्याप्त हुन्छ देशको मुहार फेरिने गरी विकास गर्नलाई  |देशका शिक्षित बेरोजगार युबाहरु- दिनानुदिन पलायन हुने स्थिति छ -लाई समुचित रोजगारको लागि, देश विदेशका लगानी कर्ताहरुलाई लगानी गर्न सुरक्षित वातारणको अनुभूति दिलाई खुला अर्थतन्त्र नीति अबलम्बन गरी, बहुराष्ट्रिय कम्पनिहरुको उत्पादनको लागि  आब्हान गरी स्वदेशमै रोजगारको अवसर प्रदान गर्ने | जस्ले गर्दा देशको मनाव्शक्ति र शिप निर्यात हुनबाट रोकिन्छ |

तर नेताहरु एकआपसमा राजनितिक खिचातानी गर्दै ठिक छ, २ बर्षमा लेखिने भनिएको संविधान  आ-आफ्नो स्वार्थले गर्दा ४ बर्षमा समेत पुरा नगरी संबिधानसभा बिघटन गर्न पुगे | अब अहिले बाह्यशक्ति को चक्रब्यूहमा परी बहुदलीय प्रणाली समेत बिर्सेर निर्दलीय प्रधानमन्त्री चयन गर्ने दुष्प्रयास गर्देछन्, बहुदलका नेताहरु -नेपाली जनता र नेपालको ठेक्का पाएको सम्झन्छन् शायद |

 

About author

admin

सरकारप्रति जनतामा निराश

नेपालकको राजनीति र...

Read more
cropped-logo.png

मंचको महाधिवेशन संगै उत्पन्न प्रश्नहरु

नेपालकको राजनीति र...

Read more
logo

मंच महाधिवेशनबाट अपेक्षित निर्णयहरु

नेपालकको राजनीति र...

Read more

© 2005-2019 pslimboo.com.np | All Rights Reserved