Campaign Culture Limbu Opinion Social Yakkha
याक्खाहरुलाई चुम्लुङले सदस्यता प्रदान गर्ने प्रकृया रोकिनु पर्छ
November 2, 2017
0
, , , , ,
याक्खाहरुलाई चुम्लुङले  सदस्यता प्रदान गर्ने प्रकृया रोकिनु पर्छ

हामी याक्थुङवा (लिम्बू) हरु आफ्नै पहिचान स्थापित गर्न लागि परिरहेका छौ | परिणामस्वरूप अहिले केहि हदसम्म हाम्रो उदेश्य प्राप्तिको बाटोमा लम्कदै छौ |
यसैगरी, अन्य याक्खा सुनुवार र राई पनि कोशिस गर्दै छन् | चार किरातहरु मध्ये सबैभन्दा लोपोन्मुख अवस्था याक्खा समुदायको देखिन्छ | लिम्बू गाउँमा बस्ने याक्खाहरुले लिम्बू जातिको नागरिकता बनाएका यदाकदा सुन्न र बुझ्नमा आएको छ | लिम्बू नागरिकताकै आधारमा किरात याक्थुङ चुम्लुङ (लिम्बूहरुको सामाजिक संस्था) मा आधिकारिक अवद्दता हुने क्रम चल्दै गरेको बुझ्नमा आएको छ – जुन पहिचानवादीहरुको लागि दुखद हो |

याक्खा जातिलाई याक्थुङ चुम्लुङले आधिकारीक सदस्यता दिनु भनेको याक्खा समुदायमा संख्यात्मक ह्रास गराउनु हो, एउटा पहिचानवादी समुदायले अर्को पहिचानवादी समुदाय माथि अप्रत्यक्ष अतिक्रमण हो |

मेरो व्यक्तिगत विचारमा, लिम्बू कागजातकै आधारमा जबसम्म के थरी लिम्बू भन्ने स्पष्ट खुल्दैन, याक्खाहरुलाई किरात याक्थुङ चुम्लुङले आधिकारिक सदस्यता प्रदान गारिनु हुन्न किनभने कगाचीरुपमा लिम्बू भए पनि उ Biologically याक्खानै रहनेछ | हरेक लिम्बू के थरी भन्ने हुन्छ जस्तै म निङलेकु लिम्बू ,  त्यसैगरी लिम्बूहरू तुम्बाहाङफे, सिङ्गक, लुम्फुङवा, चोङबाङ, सम्बाहाङफे, नाल्बो, फागो आदि गरी ३०० भन्दा बढी थरहरु छन् |

यदि कतै बिगतमा लिम्बू कागजातकै आधारमा सदस्यता जस्ता प्रदान गरिएको भए, लिम्बू वा याक्थुङवा थर नखुल्नेलाई मानार्थ सदस्यतामा परीवर्तन गरिने व्यवस्था गरिनु पर्दछ किनभने उनीहरुको आफ्नै पहिचान र संस्कृतिको अभ्यास गर्ने प्रोत्साहन दिदै जाने हाम्रो कर्तव्य पनि हो | किरात याक्खाहरुलाई चुम्लुङले आधिकारिक सदस्यता प्रदान गर्ने प्रकृया अविलम्ब रोकिनु पर्छ |

तसर्थ अब हरेक याक्थुङ संस्थाहरु (जिल्ला, नगर गाउ वैदेशिक शाखाहरु) लाई यस बिषयमा सचेत गराउदै

यसलाई एउटा अभियानको रुपमा अगाडी बढाउन सहयोगको अपेक्षा गरिन्छ |

नोगेन

पिएस निङलेकु लिम्बू”निश्चल”
तेह्रथुम

About author

admin

logo

म्युजिक अवार्ड बिजेता पार्श्व गायक ताराप्रकाश लिम्बू दुबई आउदै…

Read more

चासोक तङनाम केहो

Read more
logo

चासोक तङनाम ३७९६

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved