सरकारप्रति जनतामा निराश | Nishchal, PS सरकारप्रति जनतामा निराश | Nishchal, PS
Political Statement
सरकारप्रति जनतामा निराश
May 3, 2019
0

दुई तिहाईको सरकार बनियो, अब देशमा दिगो सरकार बनी, राजनीतिक अस्थिरताको अन्त्य हुन्छ अनि मुलुकमा शान्ति कायम हुन्छ भन्ने ठुलो अपेक्षा थियो केपी ओली नेतृत्वको सरकार बनिए पछि।

अझ ठुलो आशा जागेको थियो बाम एकता- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व राजनीतिक पार्टी र केपी ओली नेतृत्व पार्टी विधिवत एकता पश्चात त।

सरकार बनिएको यतिका समयसम्म सरकारले दुई तिहाईको दम्भ लिएर राजनीतिक सहमतिमा नभई पेलेर जाने नीतिको अवलम्बन गरिनु दु:खद पक्ष छ। यसै गरि सरकार जनतालाई सपना र आश्वासन देखाउन सफल भएको छ भने सम्झन योग्य कुनै सराहनीय कार्य गरे जस्तो लाग्दैन। बरु अदालतले थुनुवा पुर्जी जारी गरेका भगौडाहरुलाई काखी च्याप्ने र पहिचानको निम्ति लड्ने पहिचानवादीहरुलाई नामेट पार्ने सरकारको प्रयाश सम्बन्धित समुदाय र पिडितहरुले बिर्सने छैनन्।

देशमा शान्ति, सुरक्षाकायम गर्ने सरकारको प्रमुख दायित्व हो।तर बलात्कार, हत्या भ्रष्टचार दिनानुदिन मौलाउदै गएको छ। महिनौ हुदा सम्म हत्यारा र बलाकारी पत्तो लगाउन सरकारअसक्षम सावित हुदै गएकोमा दुई तिहाईको सरकारप्रति जनतामा निराश छाउने स्थिति आएको छ।

 

About author

admin

cropped-logo.png

मंचको महाधिवेशन संगै उत्पन्न प्रश्नहरु

Read more
logo

मंच महाधिवेशनबाट अपेक्षित निर्णयहरु

Read more
logo

भेडेटार एकता पछि, बिकसित लिम्बूवान राजनीति र यसका निकास

Read more

There are 0 comments

Leave a Reply