News Social
चुम्लुङ, युएईद्वारा आर्थिक सहयोग प्रदान
August 2, 2015
0
,

ताप्लेजुङ बाढी पीडित

गत २७  जेठ– २०७२ मा गएको पहिरोमा परि जन धन गुमाएर घरबार बिहिन भएका ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिभाङ, लिंङ्थेप, खाम्लूङ, सान्थाक्रा र थिङलाबू गाविस निवासी पहिरो पीडितहरुको उद्दार, आवस्यक साथ सहयोग र वासस्थान पुनर्निर्माणको लागि किरात याक्थुङ चुम्लुङ, युएई (कियाचु, युएई.) द्वारा नेरु. १,७१,८३५/- ‘ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग रकम प्रदान गरिएको छ |

कियाचु, युएईका वर्तमान कोषाध्यक्ष सुवाश बेघाको संयोजकत्वमा गठीत  ‘ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग संकलन समिति’ द्वारा युएईमा रहेका नेपाली दाजु-भाई तथा दिदिबहिनिहरुबाट संकलित उक्त आर्थिक सहयोग रकम गत २४ जुलाई  २०१५ शुक्रवारको दिन किरात याक्थुङ चुम्लुङ, नेपाल (कियाचु, नेपाल) को केन्द्रीय कार्यालय, काठमाण्डौमा पठाईएको छ |

कियाचु, युएई र कियाचु नेपालको संयुक्त छलफलबाट कियाचु, नेपालका विभिन्न प्रवाश तथा जिल्ला, नगर र गाउँ समितिहरुबाट संकलन गरिएको सहयोग रकमलाई एकमुष्ट गरि पहिरो प्रभावित क्षेत्रका सम्पूर्ण पीडित दाजूभाई, दिदिबहिनीहरुमा आवश्यक राहत सामग्री तथा पुनर्स्थापना लागि आर्थिक सहयोग प्रदान गर्ने निर्णय मुताविक उक्त आर्थिक सहयोग रकम कियाचु, नेपालको केन्द्रीय कार्यालय, काठमाण्डौ पठाईएको हो |

स्मरण रहोस २८ जेठ २०७२ को भिषण बर्षा र बाढीका कारण मध्यरातमा गएको पहिरोमा परि ५७ जनाले ज्यान गुमाएका थिए भने कैयौं परिवार घरबार बिहिन भएका छन |

भूकम्प  पीडित

यस अघि किरात याक्थुङ चुम्लुङ, युएई मार्फत नेपालमा  २०७२ बैसाख १२ को दिन  गएको महाभूकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाको किउल गाबिस वडा नम्बर ९ अन्तर्गत  ह्योल्मो समुदायका भूकम्प पीडित १३ घर परिवारका माग अनुसार पुनर्वासको लागि  २०७२ जेठ १६  का दिन, नेरु २,०००००/- (दुई लाख मात्र ) को जस्ता पाता वितरण गरिएको थियो |

मृगौला पीडित  सहयोग 

यसैगरी १२ जुन २०१५ मा पान्थर जिल्ला नागी निवासी मृगौला रोगबाट पीडित मीरा खेवाहाङलाई स्वास्थ्य उपचारको लागि  नेरु. ६८,९१९/- सहयोग रकम प्रदान गरिएको छ भने तेह्रथुम जिल्ला सिम्ले गाबिस वडा नम्बर १ निवासी मृगौला रोगबाट पीडित दुर्गा कुरुम्बाङको स्वास्थ्य उपचारकोलागि   संकलित नेरु. ६८,९१९/- स्वर्गीय दुर्गा कुरुम्बाङ स्मृती अक्षय कोष निर्माणको लागि प्रदान गरिएको छ |

सरोज पंहाङगो लिम्बू, दुबई ,यूएई

About author

admin

चासोक तङनाम केहो

ताप्लेजुङ बाढी पीड...

Read more
logo

चासोक तङनाम ३७९६

ताप्लेजुङ बाढी पीड...

Read more

बिशाल माङयुङ जीवन बचाऊ अभियान

ताप्लेजुङ बाढी पीड...

Read more

© 2005-2017 pslimboo.com.np | All Rights Reserved