नेपाली राजनीति, प्रजातन्त्र, लोकतन्त्रको नाममा बर्षौ देखि राजनीतिक पेशेवरहरुको कब्जामा बन्धक रहेको अवस्था छ – ले देशले निकाश पाई रहेको छैन | जब सम्म नेताहरु देशमा निश्वार्थ रुपले देशको नेतृत्व गर्न तयार हुन्नन्, देशले निकाश पाउन सक्ने सम्भावाना छैन |
देशको मूल कानून, संविधान मस्यौदा तयार गर्न सम्म पनि आपसी सहमति गर्न नसकि- निर्णयाक दलका राजनीतिक नेतृत्वपक्ष कम्जोर, द्विविधामा जाकिएको अवस्था- बर्षौ लगाउने नेताहरुबाट, एकदम न्यून मात्रै आशा गर्न सकिन्छ | दूरदर्शी अनि सक्षम नेता नभएका होइनन् तर त्येस्ता नेताहरुले अवसर पाउनै गाह्रो, पाई हाले पनि पार्टीको व्हीप, अनुशासन, सिद्दान्त बाहिर गयो भनि कार्यवाही हुने चिन्ता- त्येस्ता नेताहरुलाई | तसर्थ नेपालको राजनीति: पेशेवर नेताहरुको कब्जाबाट मुक्त गर्न नेपाल आमाका सच्चा सुपुतहरुले अब फेरी एकपल्ट शान्ति पूर्ण राजनीतिक अन्दोलनको विकल्प छैन |


