सम्पूर्ण लिम्बूवान पक्षधरहरु,
“फुटेर होइन, जुटेरमात्र लिम्बूवानवासीहरुको यतिलामो अन्दोलन, त्याग र बलिदानको सार्थक बन्न सक्छ |
लामो समयको अथक प्रयाश पछि्, पाँच लिम्बूवान पक्षधरहरु “संघीय लिम्बूवान पार्टी,नेपाल” मा बिलय भएकोमा लिम्बूवानवासीहरु खुशी भई, आशाको मुना पलाएको थियो |
दुर्भाग्य नेपालको अन्य दलीय राजनीति र नेताहरुको प्रवृति भन्दा लिम्बूवान राजनीतिपनि र नेताहरुलको पृथक बन्न नसक्नु अत्यन्तै बिडम्बना बनिदैआएको छ |
बिभाजनको संघारमा पुग्नै लागेको त्यो ऐतिहासिक एकतालाई संस्थागत गरिनु, अन्य मुद्दाहरु केहि समय थातीराखेर अर्थात् पार्टीभित्रको असमझदारी, फरमत जस्त पहिचान गरी निराकरण सम्बोधन गर्ने प्रमुख कर्तव्य र दायित्व वर्तमान नेतृत्व बन्न आउछ | तसर्थ लिम्बूवानवासीहरुको यति लामो आन्दोलन, त्याग, बलिदानको कदर गर्नकै लागि भए पनि सबैखाले असमझदारी,फरकमत तथा आ-आफ्ना अडानहरुमा सबै पक्ष बसी बुदागतरुपले बृहत छलफल गरी, प्रक्रियागत ढंगले संस्थागत निर्णय गरी, सबैले आत्मसात गरी अघिबढेमात्र करिब यतिलामो अन्दोलन, त्याग र बलिदानको सार्थक बन्न सक्छ |
नेपाली राजनीतिमा, देशमा स्थापित दलका नेताहरु राजनीतिलाई जागिर, ब्यबसाय जस्तो सम्झने गर्छन् | लिम्बूवान पक्षधरका नेताहरुमा पनि यो प्रवृतिको बिकाश हुदै गएको भान हुन्छ | कुनै पनि संगठन सफल हुनुमा सामुहिक कार्यमा निर्भर हुनेहुदा | एक वा दुईजना मात्र अहोरात्र खटेर, समुहका अन्य सदस्यहरु हात बाँधेर बसिदिए, निस्कृय भइ दिए, संस्थागत निर्णय लिन असहज बनि संगठन अगाडी बढ्न कठिनाई बन्ने जतिसुकै सक्षम नेतृत्व पनि असफल बन्दछ | तसर्थ संगठनमा आवद्द सबै पदाधिकारीहरुले विधानले तोके अनुसारको अफ-आफ्नो काम कर्तब्य र जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ |
कुनैपनि गभिर बिषयहरु निर्णय गर्नु अघि, छलफलद्वारा सांगठनिक निर्णय गरिनु पर्दछ |
सामाजिकसंजाल रबिज्ञप्तिबाजी गरी, एकअर्कालाईदोषारोपण गर्ने गतिविधि अबिलम्ब बन्द गरियोस् |


