Ghazal

 

यताउता चारैतिर पाउँछु तिमीलाई
चोखोमाया सधैभरी लाउँछु तिमीलाई

विश्वास र जीवनको आधार तिमी नै हौ
हृदयको पानाभित्र सजाउँछु तिमीलाई

भन्ने कुरा धेरै थिए मिल्या छैन समय
भेट हुदा भावनाहरु सुनाउँछु तिमीलाई

एकान्तमा एक्लै बसी तिम्रै गीत गाउँछु
फुर्सद भए भेट्न आऊ नचाउँछु तिमीलाई

सुख-दुःख साथ दिने कसम छ मेरो
आपद्-विपद् सम्झाउँछु तिमीलाई

हिजोआज तिमीलाई नभेटेको धेरैभयो
जुनतारा आकाशमा नदेखेको धेरैभयो

आजभोली हालचाल फोनबाटै थाहाहुने
चिठीपत्र तिमीलाई नलेखेको धेरैभयो

भेटहुँदा घरीघरी  तिम्रोचित्र कोर्नेगर्थे
मायाँगर्दै  अंगालोमा नबेरेको धेरैभयो

निकालौंला मिठोधुन तिमीगीत गुन्गुनाउ
मैलेपनि सारंगी यो नेरेटेको धेरैभयो

घुम्नजाऊ तेह्रथूम भेडेटार हिलेहुदै
रमणीय दृश्यहरु नहेरेको धेरैभयो

पोहोरको दशैमा’नी लिपपोत गरिएन
घरपाली कमेराले नछेपेको धेरैभयो

 

हिमालझै, चुलिएर, नभ छुन पाए हुन्थ्यो
एकान्तमा एक्लै बसी रुन पाए हुन्थ्यो

दु:ख पीडा जीवनमा भोग्न जति भोगि सके
तनावबाट आफुलाई उठाउन पाए हुन्थ्यो

अँध्यारो छ चारैतिर विश्वासको दियो निभी
जन्मोत्सवको उपहारमा जून पाए हुन्थ्यो

हाँसो खुशी बिर्सिसके कल्पनामै सीमित
गुमिसकेका ती उमंगहरु पुनः पाए हुन्थ्यो

तिरस्कार छ ‘निश्चल’ लाई छैन आफ्नोपन
माया पाउन सबैबाट शिशु हुन पाए हुन्थ्यो

© 2005-2017 pslimboo.com.np | All Rights Reserved