poem

एक अनिदोको, अनिद्रित रात

हेर्दाहेर्दै सूर्यदेव क्षितिजसंगै बिलीन भए
साँझको पोखरीमा सारा दृश्य चुर्लुम्म डुब्यो
लोडशेडिङको पालो फेरि आएछ क्यार!
गामभरी बाक्लो अन्धकार छायो
दसगते बनमा जूनकीरीहरु बासबसी सकेछन्- गीत गाएको सुनिन्न ।
चुक घोप्टिए झैं निष्पट्ट अध्यारो छ परिसर। जति रात छिप्पिदै गयो
छट्पट्टी त्येतिनै बढिरहेछ
ओछ्यानम दायाँ-बायाँ, दायाँ-बायाँ कोल्टे फेर्दै
लामो लामो श्वास लिदै,
मनभित्रको उदविग्नतालाई खोरुङ्वा खोलाको छ्वाङ् छ्वाङ् भेलसंगै बगाउदै
एक झप् निदाउन खोजिरहेको छु ।
तथापि
मनमा अनेक कुराहरु खेलिरहेकाछन्
दिनमा अनि बिगतमा घटेका कृयाकलापहरु
तालिकाबद्दरुपमा  सिनेमाको पर्दामा झै
दृश्यावलोकन भइरहेछ – अन्तस्तलमा
कतै टाढा टाढा बाट   भुक् … ! भुक्…! केवल कुकुरको भुकेको आवाज  सुनिन्छ ।
अस्ति भर्खर कमेरो छेपेको भित्तामा
टोक्ला चिया किन्दा उपहार परेको पेन्डुलम घडीले
ट्वाङ्! ट्वाङ्! गर्दै बिहानको दुई बजेको संकेत दिन्छ ।
अंह
निन्द्रादेवीसंग पटक्कै सम्झौता हुन सक्या छैन
लाखौ कोशिस बिफल
ब्यतित कुराहरु नजरभरि
पालै पालो दृश्य १, २, ३ हुदै घुमिरहेछन, घुमिरहेछन ।
ओछ्यानमा कोल्टे फेर्दै
प्रभातको किरण, लाजको लालीसरि
झ्यालबाट खुसुक्क सवारि हुन्छ
अनि
यसोरीनै एकै झप्को ननिदै एकरात, छट्पटाहटमै अनिद्रित कट्छ ।

-धरान, सुनसरी, नेपाल