याक्खा पहिचान
हामी याक्थुङवा (लिम्बू) हरु आफ्नै पहिचान स्थापित गर्न लागि परिरहेका छौ | परिणामस्वरूप अहिले केहि हदसम्म हाम्रो उदेश्य प्राप्तिको बाटोमा लम्कदै छौ | यसैगरी, अन्य याक्खा सुनुवार र राई पनि कोशिस गर्दै छन् | चार किरातहरु मध्ये सबैभन्दा लोपोन्मुख अवस्था याक्खा समुदायको देखिन्छ | लिम्बू गाउँमा बस्ने याक्खाहरुले लिम्बू जातिको नागरिकता बनाएका यदाकदा सुन्न र बुझ्नमा आएको छ | लिम्बू नागरिकताकै आधारमा किरात याक्थुङ चुम्लुङ (लिम्बूहरुको सामाजिक संस्था) मा आधिकारिक अवद्दता हुने क्रम चल्दै गरेको बुझ्नमा आएको छ - जुन पहिचानवादीहरुको लागि दुखद हो |
याक्खा जातिलाई याक्थुङ चुम्लुङले आधिकारीक सदस्यता दिनु भनेको याक्खा समुदायमा संख्यात्मक ह्रास गराउनु हो, एउटा पहिचानवादी समुदायले अर्को पहिचानवादी समुदाय माथि अप्रत्यक्ष अतिक्रमण हो |
मेरो व्यक्तिगत विचारमा, लिम्बू कागजातकै आधारमा जबसम्म के थरी लिम्बू भन्ने स्पष्ट खुल्दैन, याक्खाहरुलाई किरात याक्थुङ चुम्लुङले आधिकारिक सदस्यता प्रदान गारिनु हुन्न किनभने कगाचीरुपमा लिम्बू भए पनि उ Biologically याक्खानै रहनेछ | हरेक लिम्बू के थरी भन्ने हुन्छ जस्तै म निङलेकु लिम्बू , त्यसैगरी लिम्बूहरू तुम्बाहाङफे, सिङ्गक, लुम्फुङवा, चोङबाङ, सम्बाहाङफे, नाल्बो, फागो आदि गरी ३०० भन्दा बढी थरहरु छन् |
यदि कतै बिगतमा लिम्बू कागजातकै आधारमा सदस्यता जस्ता प्रदान गरिएको भए, लिम्बू वा याक्थुङवा थर नखुल्नेलाई मानार्थ सदस्यतामा परीवर्तन गरिने व्यवस्था गरिनु पर्दछ किनभने उनीहरुको आफ्नै पहिचान र संस्कृतिको अभ्यास गर्ने प्रोत्साहन दिदै जाने हाम्रो कर्तव्य पनि हो | किरात याक्खाहरुलाई चुम्लुङले आधिकारिक सदस्यता प्रदान गर्ने प्रकृया अविलम्ब रोकिनु पर्छ |
तसर्थ अब हरेक याक्थुङ संस्थाहरु (जिल्ला, नगर गाउ वैदेशिक शाखाहरु) लाई यस बिषयमा सचेत गराउदै
यसलाई एउटा अभियानको रुपमा अगाडी बढाउन सहयोगको अपेक्षा गरिन्छ |
नोगेन
निश्चल पिएस निङलेकु