गायीका सीता सिङ्गक सांगीतिक यात्रा

कोकिल कण्ठकी धनी गायीका सीता सिङ्गक लिम्बूको जन्म बिक्रम सम्बत २०४८ पौष ७ गते तदनुसार सन सन १९८९ डिसेम्बर २२ शुक्रबारको दिन तेह्रथुम जिल्लाको साविक जलजले गाविस वार्ड नं ४, तोक्मा गाउँमा भएको हो।  नेपाली संगीतको आकाशमा सीता सिङ्गक नाम एक उदाउदो तारा हुन। उनले गाएका नेपाली भाषा तथा याक्थुङ (लिम्बू) भाषाका दर्जनौं गीतहरुले लाखौं श्रोताहरुको मन जित्न सफल भई सकेको छ।

प्रारम्भिक जीवन

सीता, तेह्रथुम जिल्लाको फेदाग गाउँ पालिका-३, साविक जलजले गाविसको वडा नम्बर ४, तउमा अर्थात तोक्मा गाउँको एक मध्यम बर्गीय परिवार, बुवा हस्तबहादुर सिङ्गक लिम्बू र आमा आशमाया फोम्बो लिम्बूका साइँली छोरी हुन।

गायिका सीताको घरेलु वातावरणनै संगीत-गायनमय थियो भन्दा अतिशयोक्ति नहोला- हजुरबुवा स्वर्गीय खड्गबहादुर सिङ्गक लिम्बू हो सिङ्गक, (चारकुने) याक्थुङ (लिम्बू) समुदायको मौलिक बाजा च्याब्रुङ बनाउन र बजाउनमा पारङगत हुनुथ्यो। आफुले बनाएका च्याब्रुङ तोक्मा गाउँमा बजाउँदा वारिपारी सम्म सुनिने गरेको अझैपनि गाउँघरमा चर्चा गर्ने गर्छन,  बुढापाकाहरु।

त्यसै गरी बुवा हस्तबहादुरसिङ्गक लिम्बूले  याक्थुङ (लिम्बू)ले मौलिक सांस्कृति भित्र पर्ने पालाम ख्याली गाउँदा, आवाज सुन्नेहरु वरिपरि दिन रात कटाउने गर्दथे- यो पंतिकार स्वयमले धेरै रात उहाको गायन सुनेर घण्टौँ बिताएका छन्। वातावरणकै प्रभाव हुन सक्छ, सीता वाल्यकालदेखिनै गायनमा रुची राख्न थालेको उनका जेठी दिदी लिला सिङ्गक बताउछिन।

शिक्षा

प्रारम्भिक शिक्षा गाउँकैइन्द्रायणीप्राविबाट सुरुगरी आफ्नै गृह जिल्लाको शंकर मावि जलजलेबाट प्रवेशिका परिक्षा उतिर्ण गरी पद्मकन्या क्याम्पसबाट संगीत विषयमै प्रमाणपत्र उतिर्ण गरेकी हुन, सीता सिङ्गकले। प्रमाण पत्र अध्यनकै क्रममा संगीत गुरु, गुरुदेव कामतसङ्ग सिकिन भने पछि श्रीराम आचार्य र बलराम राजवंशीहरुसंग सिकेकिन भने पछिल्ला समयमा संगीतगुरु चन्डीप्रसाद काफ्लेसंग सिकेकी हुन। संगीत र अध्ययन संगसंगै अघि बढाउँदै त्रिभुवन विश्वविद्यालय बाट सीताले स्नाताक्कोत्तर उतिर्ण गरेकीछिन।

सांगीतिक यात्रा

सीता सिङ्गक लिम्बूले वाल्यकालदेखिने विद्यालयका कार्यक्रमहरु विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा गाउनेगरे पनि औपचारिक गीत रेकर्ड चाही प्रथम लिम्बू भाषाका गायक तथा संगीतकार लाजेसा भगत सिङ्गक लिम्बूको शव्द, संगीत तथा अशोक लोहोरुङ्को एरेन्जमा २०६३ मा, ‘निङ्वाईल्ले खुप्तुबा’ साउण्ड लिङ्क स्टुडियो बानेश्वरमा युगल गीत रेकर्ड गराएकी थिइन ।

‘फेदापहाङमा’  सीताको प्रथम एकल अडियो भिडियो एल्बम हो भने २० भन्दा बढि एल्बमहरू जस्तै लिम्बूवान भोल्युम- १, २, हाङनेइल्ले  भोल्युम- १, २,  तुम्मुई,  साक्मा, यो मनको जलन, बैंसको रहर, हाक्पारे पालाम गाउँदै, बग्यो अरुण, सोल्टी निष्ठुरी आदि र चलचित्र रेलिमाई ( नदुख्ने कुनै मन हुँदैन) थेत्लङ- हिङमन रे थेत्लङ आदि।

‘फेदापहाङमा’  सीताको प्रथम एकल अडियो भिडियो एल्बम हो भने २० भन्दा बढि एल्बमहरू जस्तै लिम्बूवान भोल्युम- १, २, हाङनेइल्ले  भोल्युम- १, २,  तुम्मुई,  साक्मा, यो मनको जलन, बैंसको रहर, हाक्पारे पालाम गाउँदै, बग्यो अरुण, सोल्टी निष्ठुरी आदि र चलचित्र रेलिमाई ( नदुख्ने कुनै मन हुँदैन) थेत्लङ- हिङमन रे थेत्लङ आदि।

केहि उत्कृष्ट गितहरु

सीता सिङ्गक लिम्न्बूले गएका प्राय सबै गीतहरु कर्णप्रियनै छन्। तथापी राम्रा मध्ये पनि निम्न गीतहरु राम्रा र उत्कृष्ट छन्।  

  1. याक्थुङ लाजे लिम्बुवान
  2. मिक्केन थक्तेल्ले
  3. चिखाङेआङ युखाङेओ (ब्रबिम शेर्मासंग युगल)
  4. सेप्माङ ओ केदा
  5. नदुख्ने कुनै (नेपाली चलचित्र रेलिमाई बिन्धबासिनी म्युजिक एवार्डमा नोमिनेटेड)
  6. बैशको रहर (युगल सन्जय निङ्लेकुसंग, पुर्बेली लोक गित)
  7. घामै र लाजग्यो (युगल दिवस पयाङ्गुसंग, पुर्बेली लोकगित)
  8. छुईया हा (चासोक गित युगल )

सांगीतिक भ्रमण

Hong Kong दक्षिण कोरिया, सिक्किम, नेपाल