मंचको महाधिवेशन संगै उत्पन्न प्रश्नहरु
संघीय लोकतान्त्रिक रास्ट्रिय मंचको मिति २०७३ असार १७ – १९ आसन्न महाधिवेशन भव्यताका साथ आयोजना हुदैछ । भव्यताकासाथ सफल बनोस्, शुभकामना तर यसका साथै अनगिन्ती प्रश्नहरु उब्जिएका छन् ।
- के महाधिवेशनको आयोजना गरिदा अपनाईनु पर्ने न्युनतम प्रावधान, बिधी समेत नअपनाई बेलाईएको महाधिवेशन वैधानिक हुन्छ ?
- संघीय लोकतान्त्रिक रास्ट्रिय मंचकाको केन्द्रीय महाधिवेशन अगावै इकाई, जिल्ला आदिका अधिवेशन सम्पन्न कहिले र कहॉ गरियो ?
- संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष कसरी संघीय लोकतान्त्रिक रास्ट्रिय मंचको महाधिवेशन बोलाउन सक्छन् ?
- अध्यक्ष मानशिक रूपमा भेडेटार एकता र ९ बूँदे सम्झौताको बिपक्षमा भएकोले सुरू देखिनै
संघीय लिम्बूवान पार्टी नेपाल संस्थागन गर्न तर्फ नलागी बिभिन्न निर्णयहरु संस्थागत निर्णय नगरी ब्यक्तिगत ढंगबाट मनोमानी निर्णय गरी पार्टी बिभाजन गराउन तिरनै अग्रसर रहेको महसुस गरिएको थियो, यो कदमले प्रष्ट्याउछ ।