नेपाल बनाउने नेता चाहिएको छ

नेपाल बनाउने नेता चाहिएको छ
हे नेपाल आमा!
नेपाललाई स्विजरल्याण्ड,
सिंगापुर, चीन, अमेरिका जस्ता देश
बनाउने नेता नदेऊ!
नेताले सिङ्गापुर बनाएको देख्यौं,
स्विजरल्याण्ड बनाएको देख्यौं
नेताले नेपाललाई अमेरिका बनाएको देख्यौं
चीन बनाउने नेता पनि चिनेका छौं।
हामी नेपाली जनताले,
स्विजरल्याण्ड, सिंगापुर, चीन, अमेरिका
नेताले बनाएका देख्यौं, भोग्यौं।
वस अब पुग्यो नेपाल आमा,
हामीलाई अरु देश जस्तो होइन,
नेपाललाई नेपाललै रहन दिई,
विकास गर्ने नेता देउ
छिमेकीले तिमीमाथि
आँखा गाडेको बेला
आफ्नी आमा सम्झेर
निडर भई आवाज उठाउन सकोस,
आफ्नो पदीय लोभ लालच नगरी,
आफ्नो मातृभूमीको रक्षाको निम्ती
सहिद हुनु परे पनि,
जनता भन्दा अगाडी बढ्न साहस
भएका नेता चाहिएको छ।
बिन्ति हामी नेपाली जनतालाई
पून: बलभद्र कुँवर, अमरसिंह थापा
भक्ती थापा जस्ता सपुत देऊ
जनतालाई मिठा मिठा गफमा
भुलाई थाङनामा सुताउने
नेता नदेऊ!
हामी नेपालीलाई, नेपाल बनाउने
नेता चाहिएको छ
स्विजरल्याण्ड, सिंगापुर
चीन र अमेरिका बनाउने नेता होइन।