आकाश खुल्ला छ
कविता- आकाश खुल्ला छ
आकाश खुल्ला छ, बादल रहित
आफ्नै निजी रङ्गमा
निलो साम्राज्य कायम राखेको छ, आजपनि
तथापी
कालो बादलको मुस्लो मडारिंदै छ
हृदयको अन्तस्करणमा गृष्मकालिन टन्टलापुर घाममापनि
निष्पट्ट अन्धकार छाएको छ, अन्तस्तलमा।
मौसम उद्वण्ड गर्मी छ, मरुभूमि झैँ
कहिं कतै हावा चलेको छैन, पात हल्लिएको छैन
आकाश खुल्ला छ
चरा-चुरुङ्गिहरु उडेका छैनन्
अनायशै हृदयको धड्कन बढेको छ
लेक लागे झैं शरीर निश्कर्म छ
अन्तर्वेदनामा काँपी रहेको छ, काँपी रहेको।