टुट्नु नाता टुटे पछि, सम्झनामा नआऊ तिमी

अडियो गजल अल्बम,’पद्मिनी‘ को अर्को गजल, ‘टुट्नु नाता टुटे पछि, सम्झनामा नआऊ तिमी‘  को लिरिकल गजल, आज गजलकार निश्चल पिएसको निजि च्यानल पद्मिनी इन्टटेइमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ।
सार्वजनिक गरिएको गजलमा नेपालका चर्चित  संगीतकार महेश खड्काले संगीत गरेका छन् भने, मेलोडी किङ स्वरूपराज आचार्यले स्वर दिएका छन्।
यसभन्दा अगाडी पनि सोहि च्यानल मार्फत दुई लिरिकल भिडियोहरु- निरा रानाभाट तथा सुनिता थेगिमका आवाजका गजलहरु सार्वजनिक भई सकेका छन् भने एउटा गजल, हरि लम्सालको संगीतमा मेलोडी क्वीन अन्जु पन्तको आवाज रहेको, कहाँ कहाँ खोजें तिमीलाई को म्युजिक भिडियो निकेश खड्काको निर्देशनमा बनी सकेको छ।उक्त म्युजिक भिडियोमा चर्चित मोडेल, नायीका रीमा विश्वकर्मा र जीवन भट्टराईको अभिनय रहेको छ।
तलको लिङ्कमा गजल. ‘टुट्नु नाता टुटे पछि, सम्झनामा नआऊ तिमी’ सुन्न सक्नु हुनेछ|

https://www.youtube.com/embed/H84yl9HEDgc