पुराना नेताहरूको बिदाइ र नयाँ पुस्ताको उदय: नेपालमा लोकतन्त्रको नयाँ यात्रा

प्रस्तावना

२०४६ सालको ऐतिहासिक जनआन्दोलनले नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना गरेको हो। सो आन्दोलनका अग्रज नेताहरूको योगदान अमूल्य छ। तर, तीन दशकभन्दा बढी समय बितिसक्दा, आजको युवा पुस्ता—जसले पञ्चायती शासन देखेको थिएन—आफ्नै राजनीतिक नेतृत्वप्रति निराश भएको देखिन्छ। भ्रष्टाचार, असफल शासन र व्यक्तिगत स्वार्थले भरिएको राजनीतिको परिणामस्वरूप लोकतन्त्रप्रति वितृष्णा बढेको छ।

यही निराशाको बीचमा अब नेपालमा नयाँ पुस्ताले नेतृत्व सम्हाल्ने समयको माँग छ—एक यस्तो पुस्ता, जसले भ्रष्टाचार नगर्ने, स्वच्छ राजनीति गर्ने, र राष्ट्र निर्माणमा आफ्नो सम्पूर्ण समर्पण दिने प्रतिबद्धता जनाउने होस्।

नेपालमा पार्टीहरूले राजतन्त्र, संविधान, निरंकुशता, र हिन्दू राष्ट्रजस्ता एजेन्डामा द्विविधा राख्नु हुँदैन। नेपाल एक बहुजातीय, बहुसांस्कृतिक, र बहुधार्मिक राष्ट्र हो, र यसले धर्मनिरपेक्ष र समावेशी बन्नु आवश्यक छ।

मुख्य विश्लेषण

ऊर्जा, नवीन सोच र बदलिँदो युगको आवश्यकताः
२१औं शताब्दी प्रविधि, नवाचार र द्रुत विश्व परिवर्तनोन्मुख युग हो। यस्तो समयमा, राजनीतिक नेतृत्वमा द्रुत निर्णय क्षमता, नवीन सोच र उद्यमशीलता अपरिहार्य हुन्छ।

विश्व सन्दर्भहरू:
फ्रान्स: इम्यानुएल म्याक्रोंले ३९ वर्षको उमेरमा राष्ट्रपति बनेर नयाँ राजनीतिक संस्कृतिको सुरुवात गरे।
न्युजिल्याण्ड: जेसिन्डा आर्डर्नले ३७ वर्षमा प्रधानमन्त्री बनिन् र सहिष्णुता र समावेशी नेतृत्व प्रस्तुत गरिन्।नेपालमा पनि युवाहरूले भविष्यको यथार्थलाई बुझ्न सक्छन् र विश्वस्तरीय नेतृत्व प्रदान गर्न सक्छन्।

जनविश्वासको संकट र सुधारको आवश्यकता:
२०४६ सालदेखि चुनावी मैदानमा निरन्तर उत्रँदै आएका पुराना नेताहरू — जो पटक–पटक मन्त्री र प्रधानमन्त्री बनिसके — आज पनि उही अनुहार लिएर आश्वासन बाँडिरहेका छन्। तर, ट्राइड एन्ड टेस्टेड भएकाले उनीहरूले गर्न सक्ने सबै प्रयास सकिएको छ। अब यिनीहरूबाट कुनै चमत्कारको अपेक्षा गर्नु केवल भ्रम पाल्नु हो। पटक–पटक दोहोरिएको भ्रष्टाचार, असफल शासन प्रणाली र गुटबन्दीको दलदलले जनताको आशा र लोकतन्त्रप्रतिको भरोसा दुबैलाई गम्भीर चोट पुर्‍याएको छ-भरोसा घटाउन थालेको छ।

अन्य देशका उदाहरणहरू:
जापान: १९९० को दशकमा आर्थिक संकटपछि नयाँ पुस्ताका नेताहरू अगाडि आए।
जर्मनी: एन्जेला मर्केलले निरन्तर सुधार र पारदर्शी नेतृत्वले जनविश्वास जितिन्।
नेपालमा पनि जनता अब जवाफदेही र पारदर्शी नेतृत्व खोजिरहेका छन्।

राष्ट्र निर्माणमा समर्पित र भ्रष्टाचारमुक्त नयाँ नेतृत्व:
अब नेपाललाई यस्तो पुस्ता चाहिन्छ, जसले स्पष्ट रूपमा घोषणा गरोस्—
सत्ता व्यक्तिगत फाइदाका लागि होइन, राष्ट्र सेवाका लागि हो।
भ्रष्टाचार शून्य सहनशीलताका साथ अन्त्य गरिन्छ।
पारदर्शी, जवाफदेही र सेवा–मुखी शासन प्रणाली विकास गरिन्छ।
यो पुस्ताले केवल नेतृत्व पाउने होइन, राष्ट्र निर्माणमा समर्पित भएर देशलाई विश्वमञ्चमा उठाउने जिम्मेवारी लिने हो।

सबै पार्टीका सम्भावित युवा नेताहरू:
नेपालका प्रमुख राजनीतिक दलहरूमा नयाँ पुस्ताका सम्भावित युवा नेताहरू देखा परेका छन्, जसले यदि सही इच्छाशक्ति देखाए भने नयाँ युगको शुरुआत गर्न सक्छन्। यदि यी नेताहरू सत्ता स्वार्थभन्दा राष्ट्रसेवामा आधारित राजनीति गर्ने प्रतिज्ञा लिन्छन् भने, नेपालमा लोकतान्त्रिक पुनर्जागरण सम्भव बन्न सक्छ।

कुन पार्टीले अवसर समाउन सक्छ?
आज जुन पार्टीले 60 वर्षभन्दा मुनिका नयाँ पुस्तालाई वास्तविक नेतृत्व जिम्मा दिन्छ, त्यो पार्टी भविष्यमा ठूलो जनसमर्थन प्राप्त गर्न सक्छ। ’'साँस्कृतिक पुस्तान्तरण' (Cultural Transition) जसले पहिले गर्छ, ऊ पार्टी मात्र होइन, देशको नै पुनर्निर्माणको अग्रणी शक्ति बन्न सक्छ।

निष्कर्ष
पुराना नेताहरूले नेपालको लोकतन्त्र स्थापनामा अतुलनीय योगदान दिएका छन्। उनीहरूको भूमिकालाई सम्मान गर्दै अब समय आएको छ कि उनीहरूले मार्गदर्शक र सल्लाहकारको भूमिकामा सीमित भई नयाँ पुस्तालाई पूर्ण नेतृत्व हस्तान्तरण गरून्।

यदि आज पुस्तान्तरण भएन भने, भोलि लोकतन्त्रमाथि नै गम्भीर खतरा आउनेछ। राष्ट्र निर्माणका लागि भ्रष्टाचारमुक्त, पारदर्शी, र समर्पित युवा नेतृत्वअब नेपालको अपरिहार्य आवश्यकता हो।
'पुस्तान्तरण' अब मात्र माग होइन, राष्ट्रको भविष्य जोगाउने आन्दोलन हो। यदि देशलाई प्रेम गर्छौं भने, आजै बाटो खुला गरौं—युवाहरूका लागि, नयाँ सोचका लागि, र समृद्ध नेपालका लागि।