IRATA Rope Access: नेपालीहरूका लागि एक पुरस्कारप्रद पेशागत अवसर
सारांश
विश्वमा रोजगारीका स्वरूपहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन्। औद्योगिक संरचना, उचाइमा आधारित निर्माण तथा मर्मतसम्भार कार्यहरूमा दक्ष, सुरक्षामूलक, र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्य गर्नसक्ने जनशक्तिको माग बढ्दो छ। यस्तै क्षेत्रमा एक प्रमुख र सुरक्षित प्रविधिको रूपमा विकास भएको हो—आईराटा रोप एक्सेस (IRATA Rope Access)। यो लेखमा IRATA को उत्पत्ति, तालिम संरचना, लागत, विश्वव्यापी माग, तथा नेपाली युवाका लागि यसले कसरी अवसर प्रदान गर्न सक्छ भन्ने विषयमा विस्तृत विश्लेषण गरिएको छ।
१. IRATA को उत्पत्ति र पृष्ठभूमि
IRATA को पूर्ण रूप Industrial Rope Access Trade Association हो। यसको स्थापना सन् १९८७ मा बेलायतमा भयो। प्रारम्भमा तेल तथा ग्यास उद्योगमा उचाइमा हुने जटिल मर्मत तथा निरीक्षण कार्यहरू सुरक्षित रूपमा सम्पन्न गर्नका लागि यो प्रणाली विकसित गरिएको थियो।
पहिले यस्ता कामहरूका लागि स्काफोल्डिङ (scaffolding) वा हेलिकप्टर प्रयोग गरिन्थ्यो, जुन खर्चिलो, समयलाग्दो र जोखिमपूर्ण थियो। यिनै समस्याको समाधानस्वरूप Rope Access प्रविधिको विकास भयो। बेलायती कम्पनीहरू र उद्योग विशेषज्ञहरूको पहलमा सुरक्षित प्रणाली निर्माण गरी IRATA को स्थापना गरिएको हो।
आज IRATA विश्वका ५० भन्दा बढी मुलुकहरूमा फैलिएको छ, र यसले हजारौँ Rope Access Technician उत्पादन गरिरहेको छ। यसको मुख्यालय बेलायतको Kent मा रहेको छ।
२. आईराटा रोप एक्सेस के हो?
Rope Access भनेको विशेष किसिमको डबल रोप प्रणाली (Twin Rope System) प्रयोग गरी उचाइमा कार्य सम्पन्न गर्ने प्रविधि हो। यसमा कार्यकर्ताले main working rope र backup safety rope प्रयोग गरेर भित्तो वा संरचना चढ्ने, झर्ने वा अड्कने कार्य गर्छन्।
प्रयोग हुने प्रमुख क्षेत्रहरू:
तेल र ग्यास उद्योग (Onshore/Offshore)
भवन संरचना मर्मत (Facade cleaning, Painting, Inspection)
हाइड्रोपावर र बाँध निर्माण
पवन ऊर्जा (Wind Turbine maintenance)
टेलिकम टावरहरू
समुद्री प्लेटफर्महरू
एयरपोर्ट र स्टेडियम जस्ता संरचनाहरू
३. तालिम संरचना र स्तर (Training Levels)
IRATA ले तीन तहको पेशागत तालिम प्रदान गर्छ, जुन निम्नानुसार छन्:
Level 1 – Entry Technician
न्यूनतम योग्यता: १८ वर्ष पूरा भएको र चिकित्सकीय रूपमा स्वस्थ
तालिम अवधि: ६ दिन (५ दिन प्रशिक्षण + १ दिन मूल्याङ्कन)
सिकाइने कुरा: आधारभूत चढ्ने/झर्ने प्रविधि, उपकरण प्रयोग, फिर्ता चढ्ने प्रणाली, आपतकालीन उद्दार
Level 2 – Experienced Technician
आवश्यक: Level 1 को प्रमाणपत्र + १००० घण्टा काम अनुभव (लगबुक प्रमाणित)
थप सिकाइ: जटिल चढाई, उद्धार प्रविधि, अधिकतम जोखिम व्यवस्थापन
Level 3 – Supervisor
आवश्यक: Level 2 + १०००+ घण्टा अनुभव + सुपरभाइजर स्किल्स
जिम्मेवारी: Rope Access टोलीको नेतृत्व, जोखिम मूल्याङ्कन, उद्धार योजना व्यवस्थापन
४. तालिम शुल्क र सुविधा
नेपालमा तालिम शुल्क (अनुमानित):
करिब एक लाखको हाराहारीमा
शुल्कमा प्रशिक्षण, उपकरण, मूल्याङ्कन, र प्रमाणपत्र समावेश हुन्छ। केही संस्थाहरूले आवास, भोजन, र रोजगार परामर्श सेवा पनि प्रदान गर्छन्।
वैदेशिक तालिम शुल्क (UK, UAE, Malaysia, Singapore):
£700 – £1200 GBP वा समकक्ष रकम
बुकिङ १ महिना अगाडि गर्नुपर्ने
अन्तर्राष्ट्रिय मूल्याङ्कनकर्ता मार्फत परीक्षा
५.IRATA प्रमाणपत्रको मान्यता र विश्वव्यापी अवसरहरू
IRATA प्रमाणपत्र वैश्विक रूपमा मान्य हुन्छ। निम्न देशहरूमा विशेष माग छ:
मध्यपूर्व (UAE, Qatar, Saudi Arabia)
युरोप (UK, Norway, Germany)
अष्ट्रेलिया, न्युजिल्याण्ड
एसिया (Singapore, Malaysia, South Korea)
अफ्रिका (Nigeria, Angola – तेल क्षेत्रमा)
औसत न्युनतम पारिश्रमिक:
Level 1: नेरु ५२००० देखि ६८,००० महिना र बस्ने सुविधा
Level 2: नेरू ७५०००-९४,००० -/ महिना र बस्ने सुविधा
Level 3: नेरु १३२,००० देखि १५०, ००० / महिना र बस्ने सुविधा
विशेष काममा बोनस वा घण्टाको हिसाबले अधिक कमाई गर्न सकिन्छ (Offshore work मा
६. नेपाली युवाका लागि सम्भावना
नेपालमा:
साहसिक कार्य, ट्रेकिङ, र पर्वतारोहणमा अनुभव भएका हजारौँ युवाहरू छन्।
निर्माण क्षेत्रमा काम गर्ने सीपयुक्त श्रमिकको संख्या उच्च छ।
वैदेशिक रोजगारीमा जान इच्छुक श्रमिकको संख्या उच्च छ।
यी सबै पक्षहरूले IRATA रोप एक्सेसलाई नेपाली युवाहरूको लागि उत्कृष्ट रोजगारी विकल्प बनाउँछन्।
फाइदाहरू:
कम लगानीमा अन्तर्राष्ट्रिय स्तरको सीप
उच्च पारिश्रमिक- तुलनात्मक हिसाबले
सुरक्षित तथा सम्मानजनक पेशा
वैदेशिक रोजगारीमा वैकल्पिक ढोका
७. चुनौतीहरू र समाधानहरू
चुनौतीहरू:
महँगो तालिम लागत
नेपालमै सीमित तालिम प्रदायक
लगबुक अनुभव र प्रमाणिकरण प्रक्रियामा जटिलता
रोजगार दलालहरूको ठगी
समाधानहरू:
सरकार र निजी क्षेत्रबीच सहकार्य गरी सब्सिडी तालिम
IRATA मान्य तालिम केन्द्रहरूको विस्तार
वैदेशिक रोजगार बोर्ड (DoFE) मार्फत सूचनाको प्रचार
वैध भर्ती कम्पनीहरूसँग साझेदारी
८. निष्कर्ष
IRATA रोप एक्सेस नेपाली युवाहरूको लागि केवल एक रोजगारीको अवसर मात्र होइन, भविष्य सुरक्षित गर्ने माध्यम पनि हो। विश्व बजारमा यसको बढ्दो माग, प्रतिस्पर्धात्मक पारिश्रमिक, र व्यावसायिक मान्यता यसलाई अत्यन्त आकर्षक बनाउँछ। सही मार्गदर्शन, तालिम, र सहकार्यको माध्यमबाट नेपालले दक्ष श्रमिक आपूर्ति गर्ने देशको रूपमा विश्वमा आफ्नो स्थान अझ सुदृढ गर्न सक्छ।
लेखक:
निश्चल पिएस
वैदेशिक रोजगार र सीप विकास क्षेत्रका परामर्शदाता
